
विराटनगर : मोरङबाट एकजना घुस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साह रहेको छ ।
पक्राउ परेको साहलाई घुस लिँदालिँदै अख्तियार टोलीले मंगलबार पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता ज्ञानेन्द« ढकालले जानकारी दिए ।
ढकालका अनुसार सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया