images

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार गर्न मानव अधिकारको संरक्षण आवश्यक : सभामुख भण्डारी

प्रकाशित |
messi

विराटनगर । ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार गर्न मानव अधिकारको पूर्णरुपमा संरक्षण हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोेड दिएका छन् ।

आज विराटनगरमा आयोजित कार्यक्रमका वक्ताले विकास मात्रले मानव अधिकार स्थापित हुन नसक्ने भएकाले यसको संरक्षणका लागि संविधानले दिएको अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए  । विश्वव्यापी आवधिक समीक्षामा नेपालबाट प्रस्तुत हुने मानव अधिकार क्षेत्रका बुँदामा आवश्यक छलफलका लागि राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजीत कार्यक्रममा सो कुरा आएको हो । 

संयुक्त राष्ट्रसंघको स्थापनापछि मानवअधिकारको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नको लागि संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार कानून र सोसम्बन्धी विभिन्न प्रकारका संयन्त्रणको विकास गर्दै आइरहेको सन्दर्भमा सदस्य राष्ट्रलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने एवं मानवअधिकारप्रतिको प्रतिबद्धताको पालना गराउने उद्देश्यका साथ स्थापना भएको मानवअधिकार परिषद्को अगामी सन् २०२० मा नेपालले गरेको प्रगतिका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकारको पहिलो रक्षक राज्य भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

मानवअधिकारको क्षेत्रमा नेपालको संविधान, कानून र जागरणको हिसाबले अगाडि  रहेको प्रदेशका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले बताए । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले मानव, पृथ्वी, समुन्नति, सुरक्षा र सुशासनलाई बलियो बनाउन सकियो भने मानवअधिकारमा प्रश्न उठन नसक्ने उनको दाबी थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेललगायत सुनसरी, मोरङ र झापाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मानवअधिकार क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर