images

पुरुष भए महिला मन्त्री, संविधान जलाउने भए कानुन मन्त्री

प्रकाशित |
messi

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बुधबार) गरेको मन्त्रीमण्डल पुनर्गठन पनि विभिन्न क्रियाप्रतिक्रिया आइरहेका छन् । प्रधानमन्त्री ओलीले ७ जना मन्त्री हटाएर ९ जना नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेका छन् । यसपछि सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणीहरु पनि भइरहेको छ ।

कतिपयले महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रीमा पुरुषलाई नियुक्त गरेकोमा आश्चर्य प्रकट गरेका छन् भने नेपालको यो संविधानलाई अस्वीकार गर्दै संविधान घोषणा हुँदा च्याप्नेदेखि जलाउने काममा संलग्न रहेका तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्री बनाएकोमा प्रश्न समेत उठाएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने क्रममा दोलखाका सांसद पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा नियुक्त गरेका छन् भने स्वास्थ्य, तथा जनसंख्या मन्त्री रहेका यादवलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सरुवा गरेका छन् ।

पछिल्लो पटक सत्तारुढ दल समाजवादी पार्टी र उक्त पार्टीका मन्त्रीहरु प्रति असन्तुष्ट रहँदै आएका प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन दवाव दिने उद्देश्यका साथ सांकेतिक रुपमा यादवलाई विदेश भ्रमणमै रहेका बेला कानुन मन्त्रीमा सरुवा गरिएको बालुवाटार स्रोतले बताएको छ । त्यसोत मन्त्रीमण्डल पुनर्गठनमा सत्तरुढ दल समाजवादी पार्टीसँग छलफल त भएन, भएन उक्त पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेका सरोज कुमार यादवलाई पदमुक्त गर्दा समेत न त समाजवादी पार्टीलाई नै जानकारी थियो न त नेताहरुलाई नै । दनेपालटप

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर