मापदण्ड विपरित नदी दोहन प्रहरी प्रशासन मौन,ठेकेदारको मनपरी

2.2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ अन्र्तगत रहेको कालिन्जोर नदीमा रातारात उत्खनन भएकोे छ । सर्लाहीको क्षेत्र नं. १ अन्र्तगत लालबान्दी नगरपालिका ६ र १७ को सिमानामा पर्ने कालिन्जोर नदीमा मापदण्ड विपरित स्काई भेक्टर तथा जेसिवीको प्रयोग गरेर उत्खनन् गर्दा पनि स्थानिय प्रहरी प्रशासन मुग्दर्शक बनेर बसेको छ ।
पुर्व पश्चिम लोकमार्ग नजिकै देखि चुरे क्षेत्रतर्फ करिब  ५ किलोमिटर दुरी  सम्म अवैध रुपमा रातारात खोला उत्खनन् भइरहेको स्थानियबासीले बताएका छन । प्रदेश नम्बर २ प्रदेश  सरकारले प्रदेश अन्र्तगत रहेका नदहिरुको अवैध उत्खनन नगर्न निर्देशन दिएपनि प्रहरी प्रशासन र स्थानिय केही ठेकेदारहरुको मिलेमतोमा  नदी रातारत उत्खनन भइरहेकाले वर्षायाममा रानीगञ्ज, शाहेवगञ्ज, डाडाटोल र रञ्जितपुरसहितका स्थानहरु डुबानमा पर्ने चिन्ता बढेको छ । अवैध उत्खननमा लालबन्दी नगरपालिका वडा नं. १७ मा रहेको प्रिन्स क्रसर स्टोर र गजुरमुखी निर्माण सेवाको संलग्ना रहेको स्थानिय युवा लक्ष्मण खड्काले बताउनु भयो । 
राष्ट्रिय गौरवको आयोजना पुर्वपश्चीम रेल्वेको ट्रयाक निर्माणको ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले सो खोला ८० लाखमा ठेक्का लिएको थियो । इआइको मापदण्ड अनुसार काम गर्ने भनी ठेक्का लिएको भएपनि अहिले अवैध रुपमा नदी उत्खनन्मा  गरेको वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कार्कीले बताउनु भयो । गजुरमुखी निर्माण सेवाले रातारात अवैध रुपमा नदी उत्खनन गरिरहेको स्थानियबासीले बताएपछि आफुले त्यसको विरोध गरेको तर आफुले गरेको विरोधलाई गजुरमुखी निर्माण सेवाले वेवास्था गरेको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।
स्थानियबासीहरुका अनुसार करिव ५ किलोमिटर सम्म मापदण्ड विपरित स्काई भेक्टरको प्रयोग गरेर खाल्डा बनाएर नदीजन्य वस्तुको उत्खनन् भई रहेको छ । आफुहरुले उत्खनन रोक्न भन्दै प्रहरी प्रशासनसंग आग्रह गर्दा प्रहरीले आफुहरुमाथी फरक खालको व्यावहार गरेको खड्काले बताउनु भयो । दिनभर तथा रातभर पनि नदी दोहन भईरहँदा समेत प्रहरी प्रशासन मौन बस्नुले कतै प्रहरीको समेत संग्लग्नता हुन सक्ने स्थानियबासीले आशंका गरेका छन ।
स्थानिय प्रहरी प्रशासनदेखि  प्रदेश प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्की सम्मलाई उत्खनन्को विषयमा जानकारी गराएको स्थानियबासीहरुको भनाई छ । डिआइजी कार्कीको ध्यानाकर्षण गराउदा केहि समयका लागि स्काभेटरहरु जंगलमा लुकाएको र पछि फेरी उत्खनन् सुरु गरिएको स्थानियबासीको भनाई छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय लालबन्दीले एकवटा स्कोभेक्टर नियन्त्रणमा लिएको छ । अवैध उत्खनन गरेको भन्ने स्थानियबासीले जानकारी गराएपछि आफुले सो स्काई भेक्टर नियन्त्रणमा लिएको प्रहरी निरिक्षक नारायण थापाले बताउनु भयो । उत्खनन तत्काल नरोकिए वर्षायाममा रानीगञ्ज, शाहेवगञ्ज, डाडाटोल र रञ्जितपुरसहितका स्थानहरु डुबानमा पर्ने भन्दै स्थानियबासी चिन्तीत बनेका छन  ।

सम्बन्धित समाचार