images

न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

प्रकाशित |
messi

विराटनगर : एक महिना ढिलो गरि मुख्य न्यायाधिवक्तातको कार्यालय १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

मुख्य न्याधिवक्ताले तयार पारेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन आज १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेशका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले पेश गरेका हुन् ।

आर्थिक वर्ष सकिएको तीन महिना भित्र न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने हो । तर, मुख्य न्यायाधिवक्ताको कार्यालयले एक महिना ढिलो गरि प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखले उक्त वार्षिक प्रतिवेदन अध्ययन गरि सकिएपछि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमार्फत प्रदेश सभामा पेश हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर