नगर विकास कोषले लालबन्दी नगरपालिकालाई नेपालकै उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । सोही सन्दर्भमा लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्कासँग गरिएको कुराकानी

4.3k Shares

सर्लाहीको लालबन्दीमा रहेकोलालबन्दी नगरपालिका  नेपालको प्रदेश नं मा पर्दछ भने लालबन्दी बजार सो नगरपालिकाकै मुख्य व्यापारीक क्षेत्र हो १७ वटा वडा रहेको यस नगरपालिकाको सिमाना पूर्वमा ईश्वरपुर ,पश्चिममा हरिवन,हरिपुर,दक्षिणमा हरिपुर ईश्वरपुर नगरपालिकासँग सिमाना जोडिएको भने उत्तरमा सिन्धुली जिल्लासंग सिमाना जोडिएको

सय ३८.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिका सर्लाही जिल्लाकै सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको नगरपालिका पनि हो बि=सं= २०६८ को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या ५९ हजार सय ९५ रहेको तथ्यांकमा उल्लेख गरिएको

नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् उत्कृष्ट काम गरेको आधारमा नगर विकास कोषले नगरपालिकालाई सम्मान गर्दा कस्तो महशुस भएको < युवालाई रोजगारीको अवसर नगरपालिकाले कसरी सृजना गरिरहेको < लगायतका विषयमा सो नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्कासँग कमलामाई मिडिया प्रालीद्धारा सञ्चालीत कमलामाई खबर डटकमले गरेको कुराकानी :

नगरपालिकाले कृषि विकासका लागि केकसरी काम गर्दै आएको <

नगरपालिकाले कृषि विकासकै लागि भनेर धेरै काम गर्दै आएको सिँचाई सम्बन्धी काम भइरहेको सडक निर्माणको काम पनि हामीले गरेका छौं नगरपालिका भित्र मकै पकेट क्षेत्र छुट्याएका छौं पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं पशु पकेट क्षेत्र पनि छुट्याएका छौं सहकारी मार्फत पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं विभिन्न संघ सस्थासँग समन्वय गरेर माउपाठी, विउ वितरणको कार्यक्रम पनि राखेका छौं

नगरपालिका भित्रको एउटा वडालाई गाई पकेट क्षेत्र भनी छुट्याएका छौं कृषकलाई कम्पोस्ट मल बनाउने तालिम दिइरहेका छौं भने उत्पादन गरेका तरकारीहरुलाई बजारीकरणको व्यवस्था पनि मिलाएका छौं उत्पादित खाद्यवस्तु प्रशोधनको काम गरेका छौं भने भण्डारणको कामलाई अघि बढाएका छौं हाम्रो नगरपालिकालाई समृद्ध बनाउने मूल तत्व भनेको नै तरकारी उत्पादन हो विशेषगरी यहाँ टमाटर धेरै मात्रामा उत्पादन हुने गरेको गोलभोडाको शहर लालबन्दी भनेर पहिचान बनि सकेको

नगरपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् <

यहाँका ५० प्रतिशतभन्दा बढि नागरिकहरु नै कृषि पेशामा आवद्ध छन् हामीले हरेक वर्ष पशुपालन तर्फ उत्कृष्ट काम गर्ने कृषकलाई रु १० हजार नगद दिएर सम्मान गर्ने गरेका छौं तर यति हुँदाहुँदै पनि फलफुल राम्रो उत्पादन गर्ने कृषकलाई चाहिँ पुरस्कारको व्यवस्था मिलाउन सकिएको छैन्

उत्कृष्ट काम गरेको भन्दै नगर विकास कोषले लालबन्दी नगरपालिकालाई सम्मान गर्दा कस्तो महशुस गर्नुभयो <

खुशी छु नगर विकास कोषद्धारा हाम्रो नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका घोषित गरी सम्मानित गरिएको राम्रो काम गर्यो भने त्यसको परिणाम पनि राम्रो आउने रहेछ भन्ने कुरामा विश्वस्त भएको छु नगर विकास कोषले हामीलाई उत्कृष्ट नगरपालिका घोषणा गरी कदर पत्र रु लाख नगद पुरस्काले सम्मान गरेको नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर नजिक  तले व्यवसायीक भवन निर्माण गरिरहेको जसबाट पनि हाम्रो मुल्यांकन फरक तरिकाबाट भएको होला

तपाईं निर्वाचित हुनुभन्दा अघि निर्वाचित भइसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन् <

यो संघीय सरकार बनिसकेपछि तत्कालीन पुनःनिर्माण भएर बनेको नगरपालिका हो ओटा गाविस मिलेर हाम्रो नगरपलिका बनेको हो नगरपालिका भित्र पहिलाको तुलानामा अहिले धेरै परिर्वतन आएको अहिले सडकको विकास भएको खानेपानीको उचित व्यवस्थापन भएको कच्ची सडकहरु पनि धमाधम पिच हुन थालेका छन् सबै वडामा स्वास्थ्य चौकीको स्थापना भएको

सिँचाईको काम भएको पर्यटन विकासको लागि जोड दिएका छौं नगरपालिका भवनको निर्माण भएको स्वास्थ्य भवनहरु निर्माण भएका छन् विकास निर्माणका कामहरु अघि बढेका छन् विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि विशेष ध्यान दिन थालिएको साथै ग्रामिण क्षेत्रमका नागरिकको दुखसुखको साथी स्थानिय सरकार बनाउने काममा हामी लागि परेका छौँ

नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु केके छन्  <

ठुलो योजनाको रुपमा पुल निर्माणको काम रहेको नगरपालिकाले रु १३ करोडको लगानीमा पुल निर्माणको काम गरेको भने यसमा रु करोड बजेट संघीय सरकारको सहयोग रहेको नारायण डाँडामा रु करोडभन्दा बढीको लगानीमा भ्यूटावरको निर्माण भइरहेको हामीले केही उद्योग पनि सञ्चालन गरेका छौं नगरपालिकाको आयश्रोत वृद्धि गर्नको लागि ठुलाठुला भवन निर्माण गरेर भाडा लगाउने काम पनि गरेका छौं रु ६० लाखसम्म भाडा आउने गरेर भवनको निर्माण गरेका छौं प्रत्येक वर्ष आएको रकमबाट २० प्रतिशत रकम आर्थिक वृद्धीका लागि लगानी गर्ने गरेका छौं ५० प्रतिशत रकम वडाहरुका साना कामका लागि वितरण गर्दै आइरहेका छौं बचेको ३० प्रतिशत बजेटबाट नगरपालिकाको ठुलाठुला आयोजना अथवा गौरवको आयोजनाका काममा खर्च गर्ने गरेका छौं यहाँका वटा वडामा बिजुली बत्ति पुगेको छैन यद्यपी ७० प्रतिशत घरमा बिजुली पुगिसकेको यसै कार्यकालको अवधिमा उक्त वटै वडामा बिजुली पुर्याइ सक्ने गरि काम सुरु भएको 

तपाईंको नगरपालिकाको सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो  <

ठुलो उद्योगको रुपमा भुदेव खाद्य उद्योग रहेको यस उद्योगले दाल, चामल लगायत उत्पादन गर्ने काम गर्छ यस बाहेक नगरपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु प्रशस्त छन्

सबैभन्दा धेरै कर कुन कम्पनीले तिरेको <

सबैभन्दा बढी कर भुदेव खाद्य उद्योगले नै तिर्ने गरेकोे यस बाहेक पसल कर संकलन हुने गरेको नदीहरु पनि ठेक्का लगाउँदा सोही अनुसार करउठ्ने गरेको

आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको <

पर्यटन क्षेत्रको लागि हामीले धेरै काम गर्दै आइरहेका छौं हामीले पर्यटनको विकासको लागि भनेर नै भ्यूटावरको निर्माण गर्ने काम गरिरहेका छौं पर्यटन क्षेत्रहरुमा सडक पुर्याउन पनि हामी लागि परेका छौं हामीले मठ, मन्दिरको निर्माण पनि गरी रहेका छौं डुमडुमे मन्दिर पनि हाम्रो नगरपालिकामा रहेको हामीले पर्यटन पूर्वाधारको विकासमा पनि जोड दिएका छौं भने स्थानिय सञ्चार माध्यामहरुबाट नगरभित्रका पर्यटकिय तथा धार्मीक स्थलहरुको समयअनुसार आवश्यकता अनुसार प्रचार पूसार गरि रहेका छौँ

नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको <

नगरपालिका भित्र युवा स्वरोजगार कार्यक्रम सञ्चालन भइ रहेको हामीले युवा स्वारोजगार अन्तर्गत पनि रोजगार दिदै आइरहेका छौं सरकारी तथा गैर सरकारी संघ÷संस्था लगायतसँग सहकार्य गर्दै केही युवालाई कृषि पेशामा संलग्न गराएका छौं केही युवालाई भने विकास निर्माण लगायतका काममा पनि लगाइरहेका छौं

विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् <

नगरपालिकामा अहिलेसम्म भएका विकास निर्माणको कामहरु प्रभावकारी छन् किनकी हामीले अरु मार्फत काम गराउँदा पनि स्थलगत अनुगमन गरि रहेका छौँ हामीले आशा गरे अनुसार विकास निर्माणको काम भइरहेको हुनाले हामी पनि खुसी नै छौं हामीलाई  नगरको विकास निर्माणको काममा नगरबासीले पनि आवश्यक सहयोग गरि रहनु भएको

स्थानीय तह प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको <

समन्वय गरिरहेकै छौं प्रदेश सरकारसँग हामीले योजना तथा कार्यक्रमहरु मागेका हुन्छौं योजना अनुसारको बजेट आउने गरेकै गत वर्ष प्रदेश सरकारले हामीलाई रु करोड ५० लाख बजेट पठाएको थियो हरेक वर्ष आवश्यकता अनुसार प्रदेश सरकारले सहयोग गरि रहेको

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु केके आई पर्छन् <

स्थानीय तहमा काम गर्दा सामान्य समस्या देखा पर्ने गर्छ प्रतिशोध भएका मानिसहरु समाजमा धेरै नै हुन्छन् राजनैतिक प्रतिशोध पनि भइरहेकै हुन्छ यसले गर्दा कतिपय ठाउँमा समस्या पनि हुने गरेको सामान्य विकास निर्माणको काममा पनि समस्या आउने गरेको तर पनि यस्ता समस्यालाई समाधान गरेर हामी अघि बढिरहेका छौं केही व्यक्तिहरु बाहेक सबै नगरबासीले हामीलाई सहयोग गरि रहनु भएको

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको <

केन्द्र सरकारबाट पनि हामीले राम्रो सहयोग पाएका छौं केन्द्र सरकारलाई योजनाहरु पेश गर्दा केही बजेट पठाउने गरेको केन्द्र सरकारसँग पनि हाम्रो राम्रो सहकार्य रहेको ।आवश्यकताको आधारमा बजेटको व्यावस्था केन्द्र सरकारले गरि रहेकै

तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना <

नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना कृषिको माध्यमबाट कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर विशेष ध्यान दिइरहेका छौं सबै वडासम्म पुग्ने तथा हाइड्रोसँग जोड्ने सडक कालोपत्रे गर्ने योजना रहेको हरेक नागरिकको घरमा बिजुली बत्ती अनि सडक पुर्याउने लक्ष्य लिएको छु सोही अनुसार अहोरात्र काम गरि रहेका छौँ नगरका सबै जनप्रतिनिधिहरुको साथ सहयोग निन्तर रहि रहेको

नगरपालिकामा तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कार्यहरु के के छन् <

नदीलाई नियन्त्रण गर्ने काम त्यत्तिकै शैक्षिक क्षेत्रको सुधारतर्फ सोचेजस्तो काम गर्न सकिएको छैन शहरी क्षेत्रमा शिक्षाको अवस्था राम्रै रहेको भएपनि ग्रामीण क्षेत्रमा भने धेरै सुधार गर्नुपर्ने बजार व्यावस्थापन,बसपार्क व्यावस्थापन बस्ती व्यावस्थापन गर्न सकिरहेको छौँन

नगरपालिकाले खेलकुद विकासको लागि भनेर कस्ता योजनाहरु ल्याएको <

विद्यालयस्तरको खेलकुद प्रतियोगिता नगरपालिकामा धेरै हुने गरेका छन् नगरपालिकामा राधाकृष्ण खेल मैदान,लाफा खेल मैदान,लेकाली चौरी खेल मैदान लगायतका खेल मैदानहरु छन्   ती खेल मैदानहरुमा वडा स्तरीय खेलकुद प्रतियोगिता देखि राष्ट्रिपति रनिङ्गसिल्ड प्रतियोगीता सम्म सञ्चालन भएका हुन्छन् बक्सीङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु  नगरपालिकाले आयोजना गर्ने गरेका र्छौं

नगरपालिकाको विकास निर्माणमा कोरोना भाईरसले कतिको प्रभाव पार्यो <

खासै प्रभाव पारेन किनकी सर्लाही जिल्लामा रहेका बीस वटा स्थानिय निकाय मध्य सबै भन्दा कम कोरोना प्रभावित स्थानिय निकायको रुपमा लालबन्दी नरगपालिका रहेको थियो

 नगरका स्वास्थ्यकर्मीहरु,सुरक्षाकर्मीहरु,जनप्रतिनिधिहरुका साथै नगरबासीको उच्च सर्तकताका कारण नगरपालिकामा कोरोना भाइरसले त्यतिधेरै प्रभावित बनाएन कोरोना भाईरस संक्रमण नफैलिएको भए अलि बढी विकास निर्माणको काम हुन्थ्यो भने कोरोना भाइरस फैलिएपछि त्यसको त्रासका कारण सोचे जति विकास निर्माणको काम नभएपनि विकास निर्माणको काम रोकिएन विकास निर्माणको लागि नरगले व्यावस्था गरेको केही बजेट कोरोना व्यावस्थापनको नाममा खर्च भयो

 अरु विकास निर्माणका काममा खासै नगरमा प्रभाव नपरे पनि बाहिरबाट आउने विकास निर्माणको काममा प्रभाव भने अवश्य परेको थियो जो अहिले केही सहज हुन थालेको

स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै हुनुहुन्छ <

हामीले नगरपालिका भित्रका सम्पूर्ण वडामा आधारभुत स्वास्थ्य सेवा पुर्याएका छौं यो वर्ष हामीले अस्पताल निर्माणको काम पनि अघि बढाएका छौं

 सम्पूर्ण नागरिकको प्राथमिक स्वास्थ्य सेवासम्म पहुँच पुगेको भने आँखा उपचार केन्द्र एवम विभिन्न संघ सस्थाद्वारा सञ्चालित स्वास्थ्य सेवाहरु नगरपालिकामा उपलब्ध भइरहेका छन् सरकारी स्वास्थ्य संस्थाहरुलाई दुरदराजका नागरिकको स्वास्थ्यको साथीको रुपमा स्थापित गराउने कामको सुरुवात गरेका छौँ

नगरभित्रका जनप्रतिनिधिहरुसंग कस्तो समबन्ध रहेको <

चुनावी मैदानमा हुँदा जुन पार्टीबाट चुनाव जितेको भएपनि जनप्रतिनिधि भएपछिको सम्बन्धमा कतैपनि राजनैतिक संकेत देखिएको छैन नगरको विकास निर्माणमा सबै जनप्रतिनिधि साथीहरुले साथ सहयोग गरि रहनु भएको सबैजनसंगको छलफल रसल्लाह अनुसार नगरको विकास निर्मण लगायतका विषयहरु चलि रहेका छन् सबै जनप्रतिनिधिहरुको साथ  सहयोग निरन्तर चलि रहेको

अन्त्यमा,मैले सोध्न छुटाएको सोधे हुन्थ्यो भन्ने लागेका केही कुराहरु छन् की <

 लगभग समग्रमा सबै कुराहरु आएका छन् त्यसमा पनि सर्लाही जिल्लाकै सबै भन्दा ठुलो स्थानिय निकाय भएका कारण पनि केन्द्र तथा प्रदेश सरकारले पाउने गरेको बजेटले नगरको समग्र विकास निर्माणमा सम्भब नहुँदो रहेछ किनकी लालबन्दी नगरपालिका भौगोलीक हिसाबले ठुलो अरु विषयहरु उठेका छन् समय दिनु भएकोमा तपाइको मिडिया हाउस,तपाई  तपाइको टिमलाई धन्यवाद साथै भोलीका दिनमा पनि यसै गरि लगायत लालबन्दी नगरपालिकाका अरु जनप्रतिनिधि साथीहरुको पनि पालो आयोस भन्न चाहन्छु

सम्बन्धित समाचार