images

समृद्ध प्रदेश बनाउन प्रदेश सरकार योजनाबद्ध ढंगले अगाडि बढेको मुख्यमन्त्री भनाइ

प्रकाशित |
messi

विराटनगर : मानव विकासको दृष्टिकोणले प्रदेश १ अगाडि रहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज विराटनगरमा संयुक्त राष्ट्रसंघले तयार गरेको मानव विकास रिपोर्ट २०१९ लाई सार्वजानिक गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले नेपालको मानव विकास सुचकांक सुधारउन्मुख रहेको बताए ।

अहिले असमानता घट्दै गएको जानकारी दिँदै मुख्यमन्त्री राईले स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि सकारात्मक परिवर्तन आएको बताए । प्रदेश सरकारले निर्धारण गरेको नीति तथा कार्यक्रममार्फत पनि मानव विकासमा सहयोग पुग्ने उनको भनाइ छ । मुख्यमन्त्री राईले सिमित स्रोत, साधनको प्रयोग गरि प्रदेश सरकार अगाडि बढेको बताए । समृद्ध प्रदेश बनाउन प्रदेश सरकार योजनाबद्ध ढंगले अगाडि बढेको उनले बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले आवधिक योजना बनाएर गरिबी न्यूनिकरणतर्फ काम गरिरहेको समेत बताए । पूर्वाधार विकासमा पनि योजनाबद्ध काम गरेको बताउँदै मुख्यमन्त्री राईले त्यो पनि मानव विकासको सूचक भएको बताए । सूचना र प्रविधिको उच्चतम प्रयोग गरि डिजिटल प्रदेशको रुपमा रूपान्तरण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको मुख्यमन्त्री राईलेजानकारी र्दिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघले तयार पारेको ‘मानव विकास रिपोर्ट २०१९’ मुख्यमन्त्री राईले सार्वजनिक गरे । संघले तयार पारेको रिपोर्ट ७ वटै प्रदेशमा सार्वजानिक गरिएको बताइएको छ । संघले तयार पारेको रिपोर्टमाथि टिप्पणी गर्दै प्रध्यापक कृष्णराज पाण्डेले विकासलाई स्वतन्त्रतासँग जोडेर मानव विकासको सूचकाङ्गलाई अगाडि बढानुपर्ने बताए ।

संयुक्त राष्ट्र संघले सार्वजानिक गरेको प्रतिवेदन अनुसार सन् १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकाङ्ग मूल्य ०.२८० बाट बृद्धि भई ०.५७९ पुगेको छ । १९९० देखि २०१८ सम्मा नेपालमा औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम २.८ वर्ष र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । रिपोर्टमाथि संचारकर्मी महाप्रसाद खतिवडा, डा.भास्कर गौतमलगायतले टिप्पणी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर