images

प्रदेश-५ को नाम लुम्बिनी, राजधानी बुद्धभूमी !

प्रकाशित |
messi

काठमाडौं : प्रदेश नं. ५ को राजधानी को नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ ।

पटक–पटक विवाद र आलोचना सहँदै आएको समितिले अन्ततः प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो ।

समितिले रुपन्देहीको बुटवल-सैनामैना, कपिलवस्तुको बाणगंगा-बुद्धभुमी तथा दाङको भालुवाङ- लमही क्षेत्रलाईलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ को नाम एकमतले सिफारिस गरिएको हुनाले अन्तत लुम्बिनी प्रदेश हुने निश्चित जस्तै भएको छ । स्थायी राजधानीको विषयमा भने समितिका सदस्यहरुले फरक-फरक नाम बताउने गरेका छन् ।

बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुन सक्ने स्थानहरु सिफारिस गरी प्रतिवेदन तयार पारिएको विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन ‘सिजल’ले बताए ।

विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लाग्ने पुनले बताए ।

२०७५ साउनमा संसदिय बिशेष समिति गठन भएको समितिले पहिलो कार्यादेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरी जिम्मेवारी दिईएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर