१३ सदस्यीय समिति गठन गर्दैै सहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसन सिन्धुली गठन

3.5k Shares

सहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसन सिन्धुलीको अध्यक्षमा बिनोद देवकोटा चयन भएका छन् । देवकोटाको अध्यक्षतामा १३ जनाको कार्य समिती गठन गरिएको नेकपा(माओवादी केन्द्र) सिन्धुलीले जनाएको छ ।
सदस्यहरुमा सन्जिव गौतम,विजय बारकोटि,सुस्मिता प्याकुरेल,निर बहादुर धामि,सुमन रम्तेल,सम्झना सिंदाजी मगर,इन्द्र बहादुर थापा मगर,संगिता माझी ,निर्माता माझी लगायत १३ सदस्य चयन भएका अध्यक्ष देवकोटाले जाकनारी दिनुभयो ।
१० वर्षे जनयुद्धमा शहिद भएका तथा बेपत्ता भएका सन्ततीको शिक्षा,स्वास्थ्य लगायत अन्य कुराको सहजताका लागि फाउण्डेसन समिती गठन गरिएको हो । सहिद तथा बेपत्ताका सन्ततीका जीवन उपयोगीताको लागि यो समितिबाट अघि बढ्ने अध्यक्ष देवकोटाले बताउनु भयो । 
सिन्धुलीका सहिद तथा बेपत्ता परिवारको पहिचान गरिने पनि उहाँले बताउनु भयो । त्यस्ता परिवारका संकटमा परेका सन्ततीहरुको उद्धार गर्नका लागि सरोकारवाला समक्ष उद्धारका लागि आग्रह र पहल गरिने उहाँले बताउनुभयो । सहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसन सिन्धुलीको पहिलो बैठक पछि कार्यविभाजन गरिने फाउनडेशनले जनाइएको छ । 

सम्बन्धित समाचार