images

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा जारी राष्ट्रियस्तरीय गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न

प्रकाशित |
messi

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा जारी राष्ट्रियस्तरीय गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 
गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ विरेन्द्रबजारस्थित चारनाथ युवा क्लबले गरेको प्रतियोगिता मंगलबार साँझ दर्शकहरुको उत्साहका साथ सम्पन्न भएको हो । प्रतियोगिताको फाइनलमा वीरगञ्जले चारनाथ युवा क्लबलाई पराजित गर्दै उपाधि जितेको छ । निर्धारित समयमा दुबै टिमले बराबरी तीन गोल गरेपछि ट्राई बे्रकरबाट खेलको छिनोफानो गरिएको थियो । विजेता टिमका खेलाडीहरूलाई ट्रफिसँगै ७५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । चारनाथ युवा क्लबको आयोजना तथा गणेशमान चारनाथ नगरपालिका तथा अन्य संघसंस्थाको सहयोगमा भदौं २४ गतेबाट खेल सुरु भएको थियो । प्रतियोगितामा विभिन्न स्थानका ८ टिमले सहभागिता जनाएका थिए । त्यस्तै, उक्त फुटवल प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गणेशमान चारनाथ नगरपालिकाका मेयर राम बाबु यादब गनुभएको थियो भने चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार, धनुषाका अध्यक्ष अशोक प्रसाद जयसवालले अध्यक्षता गनुृभएको थियो । प्रतियोगितामा  लगायका वडा अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी,  नगरवासी,  लगायतका  सहभागिता रहेको थियो ।


 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर