६६ औं प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम

3.8k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीले ६६ औं  प्रहरी दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।“अपेक्षा फलको छैन,सधैं कर्तव्य चिन्तन आहुती प्राणको दिने तिमीमा अभिनन्दन”भन्ने मुल नाराका साथ सर्लाही प्रहरीले ६६ औं  प्रहरी दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा एक कार्यक्रमको आयोजना गरि ६६ औं प्रहरी दिवस २०७८ मनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।


    प्रहरी दिवसको अवसरमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी महतोले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । उहाँसँगै कार्यक्रममा सहभागी भएका प्रहरी संगठनका कर्मचारी,पूर्व प्रहरी कर्मचारी, विभिन्न निकायका प्रमुख, सहिद परिवारका सदस्य लगायत विभिन्न क्षेत्रका अतिथिहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
    दिवशको अवसरमा  ८५ वर्षभन्दा बढी उमेरका पुर्व प्रहरी सहायक निरिक्षक बुद्धि प्रसाद उपाध्यायलाई प्रदत्त कदर पत्रद्वारा प्रमुख जिल्ला अधिकारी महत्तोले सम्मान गर्नु भयो । प्रहरी दिवस कै अवसरमा कर्तव्य पथमा अग्रसर रहँदा आफ्नो जीवनको आहुति दिने वीर, अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु हुँदै प्रमुख जिल्ला अधिकारी महतोले प्रहरी संगठनमा रहेर देशको विभिन्न ठाउँमा  देश र जनताको सेवा गर्ने क्रममा सदाहत भएका सर्लाहीका ३१ जना सहिद प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । सोही अवसरमा  सेवानिवृत पूर्व प्रहरी कर्मचारीहरुलाई पनि खाँदा ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 दिवस कै अवसरमा  उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकी सहित ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक वेद प्रसाद पौडेल,प्रहरी सहायक निरिक्षक  अर्जुन चौधरी,प्रहरी हवल्दार सुजित रायभर,प्रहरी हवल्दार जयराम महतो,प्रहरी जवान चतुरमान तामाङ र प्रहरी जवान अमित कुमार मिश्र रहेका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिनु भयो ।
उहाँका अनुसार प्रहरी कार्यमा  सहयोग पुर्याउने महिला अधिकारकर्मी बनिता कार्की, लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्स मलंगवाका संचालक सुवास कुमार गुप्ता लगायत ७ जना मानिसरुलाई पनि कदर पत्र प्रदान गरेर सम्मानित गरिएको छ ।
  समारोहमा प्रहरी उपरीक्षक राठौरले धन्यबाद ज्ञापन गर्नुहुँदै राष्ट्र निर्माणको महत्वपूर्ण क्षणमा सामाजिक रूपान्तरण र दिगो शान्ति कायम राख्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताउनुभयो ।अपराध अनुसन्धानको कुनै पनि कसुरको शीघ्र अनुसन्धान र कसुरवालाको तत्काल पक्राउ गर्ने विषयमा नेपाल प्रहरी हरपल तत्पर  रहेको उहाँले बताउनुभयो ।
    कार्यक्रममा सशस्त्र प्रहरी बल नं. १० हे.क्वागण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसंधानका अनुसन्धान उप निर्देशक दिलिप कुमार सिंह, श्री भैरवी दल गणका प्रमुख सेनानी अविशेक कार्की,जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुख,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहिद प्रहरी परिवार,सेवानिवृत प्रहरी कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रहरी दिवसको अवसरमा  असोज १७ गते जिल्ला प्रहरी कार्यालय तथा मातहतका ५६ वटै प्रहरी युनिटहरूमा बृक्षारोपण कार्यक्रम गरिएको थियो भने असोज १९ गते जिल्ला भित्र रहेका विभिन्न मन्दिरहरूमा सरसफाई कार्यक्रम गरिएको थियो । सोही अवसरमा असोज १९,२० र २१ गते सम्पूर्ण प्रहरी कार्यालयमा दिप प्रज्वलन कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार