क्रान्तिकारी पार्टी निर्माणमा ध्यान र शक्ति प्रयोग गर्न अध्यक्ष प्रचण्डको निर्देशन

3.1k Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विद्यार्थी लाई क्रान्तिकारी पार्टी निर्माणमा  ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिनु भएको छ ।भरखरैसम्पन्न आठौँ महाधिवेशनबाट पुन सर्वसहमत अध्यक्ष निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह सहितको  टोलीलाई उहाँले यस्तो निर्देशन दिनु भएको हो ।
अध्यक्ष प्रचण्डले गुट उपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न पार्टीका सबै जनवर्गिय संगठनहरुलाई आग्रह र निर्देशन दिनु भएको छ ।अखिल(क्रान्तिकारी)की अध्यक्ष सिंहका अनुसार भेटमा अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनले समाजवाद उन्मुख कार्यदिशा सहितको बिचार अवलम्बन गरेको र बिचार अनुसारको  क्रान्तिकारी संगठन  निर्माण अबको आवश्यक्ता भएको बताउनु भयो ।
पार्टी पुनःनिर्माणमा आफू सम्पूर्ण सामथ्र्यसहित जुटिसकेको र नेता कार्यकर्ताहरूबाट पनि यही अपेक्षा गरेको उहाँले बताउनु भयो । आठौँ महाधिवेशनले समग्र देशको नेतृत्व गर्ने गरि बिचार र कार्यक्रम तयार पारेको बताउँदै उहाँले क्रान्तिका लागि अलग–अलग पार्टीको आवश्यकता अब जरुरी नभएको धारणा राख्नु भयो ।

सम्बन्धित समाचार