images

एकेडेमीका क्रीकेट लिगमा बिराटनगर क्रिकेट क्लब सहभागि हुदै

प्रकाशित |
messi

विराटनगर । नेपाल भरीका १६ वटा नीजि लगानीका एकेडेमीहरु विच हुने एकेडेमिक क्रिकेट लिगमा बिराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले पनि सहभागिता जनाएको छ ।  

नेक्सस क्रिकेट एकेडेमी काठमाडौंको आयोजना र राष्ट्रिय खेलकुद परिषदको प्रवद्र्धनमा हुने क्रिकेट लिगमा बिराटनगरले पनि सहभागिता जनाएको हो । प्रतियोगिता असोज ४ गतेदेखि सुरु भइसकेको छ । असोज १७ गतेसम्म हुने प्रतियोगितामा विराटनगर क्रिकेट क्लबले लिग चरणमा ३ वटा खेल खेल्नेछ । 

पहिलो खेल असोज ११ गते ९ एन्जल्स हार्ट क्रिकेट काठमाडौंसँग हुनेछ भने, दोश्रो खेल असोज १३ गते जय क्रिकेट एकेडेमी महेन्द्रनगर विच हुनेछ । तेस्रो खेल भने असोज १४ गते ओसिस क्रिकेट एकेडेमीसँग रहेको छ ।  
प्रतियोगितामा बिराटनगरबाट १४ जनाको टिम छनौट गरिएको छ । टीममा कप्तान अमन आजाद, प्रशिक्षक राज कुमार प्रधान र म्यानेजर आशिष श्रेष्ठको साथम असोज ९ गते काठमाडौं जादै छन् । उक्त प्रतियोगितामा खेलाडी तथा अफिसियलको पाँच लाखको बिमा गरिने भएको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर