images

अझै निर्दोष साबित भएनन लामिछाने र कँडेल

प्रकाशित |
messi

भदौ ८, चितवन ।
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले उनलाई रिहा गर्न यस्तो आदेश दिएको हो । अदालतको आदेशानुसार पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका रवि लामिछाने ५ लाख धरौटीमा, युवराज कँडेलसँग ३ लाख धरौटीमा र अस्मिता कार्की साधारण तारेखमा रिहा हुने भएकी  छिन । प्रस्तोता लामिछाने प्रहरी हिरासतबाट मुक्त भएपनि अदालतमा विचाराधिन उक्त मुद्दाको अन्तिम फैसला नआएसम्म उनीहरु देश छोडन पाउने छैनन ।

त्यस्तै अदालतले उनलाई आफ्नो कार्यक्रम चलाउने अनुमती दिएपनि पुडासैनी आत्महत्या प्रकरणबारे कार्यक्रममा बोल्ने वा सार्वजनिक टिप्प्पणी गर्न पाउने अनुमती दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर