images

मुख्यमन्त्री कार्यालय अगाडि अस्थायी शिक्षकको धर्ना ; स्थायी गराउने माग

प्रकाशित |
messi

विराटनगर । अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेश नम्बर १ ले विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालयमा आज पुन:धर्ना दिएका छन् । 
रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै उनीहरुले आज दिनभरी मुख्यमन्त्री कार्यालय अगाडी सरकारलाई दवाव दिन काम रोक धर्ना दिएका छन् । विगत लामो समयदेखि रोजगारीको ग्यारेन्टीको माग गर्दै आएका आन्दोलनरत अस्थायी करार शिक्षकहरुले सरकारलाई दबाब दिदै आएका छन् । रोजगारी खोस्न पाईदैन, आई.एल.लो सन्धि कार्यान्वयन गर्न दवाव दिँदै आएका छन् । संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटक पटक परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउदै आएका छन् । 
मुख्यमन्त्री कार्यालय पटक पटक आफ्नो समस्या लिएर पुगे पनि अहिले सम्म कसैले उनीहरुको कुरा सुनिरहेको छैन । अहिले देशभर रहेका १३ हजार बढी शिक्षकहरु लामोसमय देखि आन्दोलनरत छन् । यता १ नम्बर प्रदेशमा मात्रै अस्थायी करार शिक्षकको संख्या १ हजार ५ सय बढी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर