images

कोशी नेशनल म्युजिक अवार्ड विराटनगरमा हुने

प्रकाशित |
messi

विराटनगर : मुलुकभरिका गीत संगीतलाई समावेश गराउँदै कोशी सञ्चार माध्यम र वीर प्रोडक्सन एण्ड इन्टरटेनमेन्टको संयुक्त आयोजनामा कोशी नेशनल म्युजिक अवार्ड हुन गइरहेको छ ।

मोफसलबाट राष्ट्रियस्तरमा आगामी कार्तिक २९ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा बृहत सांस्कृतिक कार्यक्रम र जातजाति बिशेष झाँकी प्रदर्शनीसहित सो अवार्ड कार्यक्रम हुन गईरहेको हो । कोशी नेशनल म्यूजिक अवार्डमा सहभागी हुनेहरुका लागि आवेदन फारम खुला गर्दै आयोजकले २०७५ बैशाखदेखि २०७६ भदौ मसान्तसम्म बजारमा आएका गीतसंगीतहरुले मात्रै सहभागी हुन पाउने जानकारी दिएको छ । 

अवार्डको भीडमा फरक पहिचानसहित प्रस्तुत हुने उद्देश्यका साथ विविध ३८ विधामा अवार्ड आयोजना गरिएको आयोजकले बताएको छ । यस अवार्डमा विविध भाषाभाषीको गीतलाई पनि समावेश गरिने आयोजक टीमको दाबी छ । यस अवार्डमा राष्ट्रिय भावका गीतहरुको गायन, शब्द र संगीत पक्षलाई पनि समावेश गरिएको छ भने पप गीत, लोक गीत र आधुनिक गीत लगायतका विधाहरुलाई पनि समावेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर