images

के होला मेयर पराजुलीको प्रतिबद्धता ?स्थानीयले पाउलान् त चिल्ला सडक !

प्रकाशित |
messi

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दशै अगावै स्थानीयले चिल्ला बाटोमा हिड्न पाउने दाबी गरेका थिए । 
विगत केही साता पहिले मेयर पराजुलीले जेनवन न्यून संग कुरा गर्दै यस्तो दाबी गरेका थिए । तर दशै आउन केही दिन मात्र बाकी रहे पनि स्थानीयले सो अनुभुती गर्न पाएका छैनन् । 

मेयर पराजुलीले दशैंअघि नै विराटनगरको मेनरोड लगायत मुख्य बजार क्षेत्रको सडक कालोपत्रे गर्ने प्रतिवद्धता गरेक थिए । उनले पटक पटक दशै अगावै बजारका सडक चिल्ला पार्ने अभिव्यक्ति सार्वजनिक रूपमै व्यक्त गर्दै आएका छन् । तर दशै आउनै लाग्दा पनि बजार क्षेत्रको कामले गति लिएको देखिदैन । 

मेयर पराजुलीले चिल्लो बाटो बनाउनका निम्ति खनेका सडक र नाला अझै अलपत्र अवस्थामै रहेको देखिन्छ भने सडक कालोपत्रे गर्न सारिनु पर्ने विद्युतका खम्बा अझै सारिएका छैनन् । दशैं अगावै चिल्ला बाटोमा हिड्ने पाउने कुरा मेयर पराजुलीको गफमा मात्र सिमित भएको देखिन्छ । तर स्थानीय र व्यवसायी भने जताजतै भत्काइएको बजार क्षेत्रका अस्तव्यस्त सडकबाट पीडित मात्र भएका छन् । 

जेनवन न्युज संग कुरा गर्दै मेयर पराजुलीले काम ढिलो हुनुमा विद्युत प्राधिकरण मुख्य कारण रहेको अभिव्यक्ति दिएका थिए । उनले  नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरी दशैंअघि नै विद्युतका पोलहरू सारिसक्न आग्रह गरेका थिए तर विद्युत प्राधिकरणले पोल सार्न अटेरी  गरिरहेको बताए । उनले भने विद्युत प्राधिकरणले सहकार्य गरे मात्र सडक कालोपत्रे गर्न संभव रहेको बताए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने –‘महानगरपालिकाले ठेकेदार कम्पनीलाई कडाइ गर्न नसक्दा विराटनगरको सडको यो अवस्था रहेको बताए । जेनवन न्युज संग कुरा गर्दै अध्यक्ष मुन्दडाले समयमा सडक नबनेकोले स्थानीय मारमा परेको बताए । उनले सडकको दुरावस्थाले विराटनरको व्यापार व्यवसाय चौपट हुँदै गएको बताए । उनले भने सबै लापरबाही नीतिगत रुपमै हुदै आएको छ । उनले महानगरपालिका र ठेकेदार कम्पनी संग मानवीय संवेदनशीलताको कमि रहेको बताए ।

यता विराटनगरका स्थानिय युवा अमर चौधरीले  महानगरपालिकाले जनताको आवश्यकतालाई खासै चासो नदिएको  बताए । चौधरीले महानगरपालिकाले ठेकेदार कम्पनीलाई बढी माया गरेकै कारण स्थानीयले दुख भोग्नु परेको उल्लेख गरे । उनले मेयर पराजुलीले काम कम र गफ बढी दिने गरेको प्रतिक्रिया दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर