images

सरकारले नेपाललाई कम्बोडिा बनाएको कांग्रेस नेता थापाको आरोप

प्रकाशित |
messi

काठमाडौं : नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले नेपाललाई कम्बोडियो जस्तो बनाउन चाहेको नेपाली कांग्रेसका नेता गगन थापाले आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले भने, ‘कम्बोडियामा अदालत छ , तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । नेपाललाई पनी कम्बोडिया नै बनाउन खोजिँदै छ ।’
कार्यक्रममा बोल्दै उनले नेकपा सरकार विरुद्ध लड्ने बेला आएकोले लडाईको तयारी गर्नुपर्ने बताए ।

उनले सरकारले ल्याएका कानुन नेपाली जनताको जनजीवन प्रभावित पार्ने खालको भएको समेत उल्लेख गरे । उनले नेकपको सरकारले जनता माथी निरंकुश लाद्न खोजेको आरोप लगाए ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर