images

राजिनामा दिने तयारीमा सभामुख महरा

प्रकाशित |
messi

काठमाडौं : सभामुख कृष्णबहादुर महराले उनीमाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको बताएका छन् ।

सभामुख महराले यो विषयमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत सल्लाह गरेको बुझिएको छ ।

उनले आफूले छानबिनको बाताबरण बनाउन राजिनामा समेत दिन तयार भएको उनिनिकट स्रोतले बताएको छ ।

यो विषयमा १ वा २ दिनमा आफुले के गर्ने भन्ने निर्णय गर्ने बताएका छन् । यो घटनाले नैतिक संकटमा परेपछि उनले पार्टीका नेताहरूसंग पनि छलफल गरेको स्रोतले बताउँछ ।

महरालाई आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनि नैतिक सङ्कटमा परेका हुन् ।
: हिमाल पोस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर