images

मिस र मिसेस कोशीका प्रतियोगिले देखाए प्रतिभा

प्रकाशित |
messi

विराटनगर । जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको मिस र मिसेस कोशीको फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । 
मिस कोशीका ७ र मिसेस कोशीको फाइनलमा पुगेका ११ जना प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा देखाएका हुन् । 
पाँचौं संस्करणको मिस र तेस्रो संस्करणको मिसेस कोशीको फाइनल यही असोज १७ गते इटहरस्थित इम्पेरियल लन्जमा हुदैछ । फाइनल मा पुगेका प्रतियोगिहरूले मिस ट्यालेन्ट राउण्ड अन्तर्गत उनीहरूले आफ्नो रूची अनुसारको प्रतिभा देखाएको जय मिडिया म्यानेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । प्रतियोगिहरूले  नृत्य, गायन, कविता प्रस्तुत गरेका थिए । 
प्रतिभा देखाएका मध्ये मिस र मिसेसका १÷१ जना उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिलाई ‘मिस ट्यालेन्ट’ एवार्ड शुक्रबार हुने फाइनलका दिन वितरण गरिनेछ । यस अघि फाइनलमा पुगेका प्रतियोगिहरूले फोटुसुट पनि गरिसकेका छन् । 
मिस ट्यालन्टको निर्णायकहरूमा मेरिल्याण्ड कलेजका निर्देशक भेषराज पोखरेल, नृत्य निर्देशक मनोज राजवंशी, जय मिडियाका निर्देशक राय, मिसेश कोशीको गत वर्षको बिजेता सुचना श्रेष्ठलगायत रहेका थिए । 
पाँचौं संस्करणको मिस कोशीको फाइनलमा इटहरीकी इश्वरी चुङवाङ्ग, धरानीक सुस्मिता मगर, तेह्रथुमकी रेखा कार्की, इनरुवाकी विपना प्रसाई, बेलबारीकी अनु निरौला र धनकुटाकी झरना बराइली र अनिसा मगर पुगेकी छन् ।  टप टेनमा पुगेका १८ जना प्रतियोगिहरूबाट १० जना फाइनलमा छनौट गरिएको प्रशिक्षक निशा खतिवडाले जानकारी दिइन् । 
त्यस्तै तेस्रो संस्करणको मिसेस कोशीको फाइनलमा धरानकी सविता ढकाल, विपना लिम्बु, दिपा सेन्चुरी, सुनसरी तरहराकी दिपा लगुन विश्वकर्मा, इटहरीकी अम्बिका कार्की, मोरङ विराटचौककी पूजा सुनवार, केराबारीकी रेनुका लिम्बु, बेलबारीकी पवित्रा रायमाझी, विराटनगरकी वातावरण लामिछाने र सनुरीको झुम्काकी अस्मिता परियार र इश्वरा निरौला रहेकी छिन्  ।
मिसेस कोशीको बिजेता नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । गत वर्षको मिसेस कोशीको बिजेता सूचना श्रेष्ठा  र मिस कोशीको बिजेता धरानकी ब्रेनी तामक्राकार घोषित भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर