images

पोखरामा बस दुर्घटना, ३० घाइते

प्रकाशित |
messi

पोखरा : पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा शुक्रबार बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटना बाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर