images

विराटनगरको बजारमा लाग्यो दशैंको दशा

प्रकाशित |
messi

विराटनगर : दशैं, तिहार र छठपर्व लगायतका चाडपर्व नजिकिए सँगै बजारमा नुनदेखि सुन खरिद गर्ने उपभोक्ताहरुको चहलपहल सुरु भईसकेको छ ।

यस्ता चाडपर्वको अवसरमा व्यापारीहरुले पनि व्यापार गरेर राम्रो मुनाफा कमाउने सोचमा हुन्छन । तर दशैंमा दशा लाग्नु भनेझैं यसपटक विराटनगरका व्यापारीहरुको मुनाफा कमाउने सोचमा समेत दशा लागेको छ । औद्योगिक नगरी र प्रदेश नं. १ को राजधानी विराटनगरकै बजारमा व्यापक लचकता देखिएपछी यसपटकको व्यापार त्यति फस्टाएको छैन । तुलनात्मक रुपमा यसपटकको व्यापार कम भएको छ ।

प्रदेश नं. १ को राजधानी विराटनगरको बजारमा व्यापक असन्तुलन पैदा भएको छ । दीर्घकालीन ईतिहासमा पहिलो पटक दशैंमा विराटनगर बजारको व्यापार ह्वात्तै घटेको छ । खासमा दशैं, तिहार र छठ लगायतका ३ वटै पर्वलाई बिशेष मानेर हरेक बर्ष लाखौंको संख्यामा व्यक्तिहरु विराटनगर भित्रिन्छन । फलस्वरुप बजारमा किनमेल गर्ने ग्राहकहरुको संख्यामा वृद्धि भई व्यापार पनि राम्रो हुन जान्छ । तर यसपटकको परिस्थिति भने फरक छ । गत बर्ष असोज पहिलो सातादेखि नै व्यापार गर्न भ्याईनभ्याई थियो । तर यसपटक भने असोजको दोस्रो साता बितेर तेस्रो साता शुरु भइसक्दापनि व्यापार मन्द गतिमा अगाडि बढिरहेको छ । ग्राहकलाई आकर्षक गर्न विभिन्न दशैं लक्षित छुट तथा अफरका योजनाहरु सार्वजनिक हुँदा पनि व्यापारले गति लिन सकेको छैन ।

खासमा विराटनगरमा निर्माणाधिन अवस्थामा रहेको विकास निर्माण कार्यले व्यापार व्यावसायमा प्रत्यक्ष प्रभाव पारिरहेको विराटनगरका एक व्यापारी सरल सुवेदीले बताए । उनले विराटनगरको विकास निर्माणका कार्यले ग्राहक र व्यापारी बिच पहुँचको वातावरण नै समाप्त पारेको बताए । उनले विराटनगरमा १ बर्ष अघि मात्रै सञ्चालनमा आएको दुई व्यापारिक केन्द्र भाटभटेनी सुपर मार्केट र सेन्ट्रल बजार पनि उपभोक्ता माझ आर्कषणको बिषय बन्न पुगेकाले तुलनात्मक रुपमा व्यापार घटन गएको उल्लेख गरे । 

यता विराटनगरमा सञ्चालनमा रहेका २ ठुला व्यापारिक केन्द्रहरु मध्ये भाटभटेनी सुपर मार्केटमा उपभोक्ताहरु खरिदकै लागि जाने र सेन्ट्रल मलमा भने घुम्न मात्रै जाने उपभोक्ताहरुको संख्यामा पनि कमी छैन । किनमेलका लागी जोगबनी जाने र चलचित्र हेर्न मात्र सेन्ट्रल मलमा धाउने प्रवितिले पनि विराटनगरको व्यापार घटेको छ भने, विराटनगरबाट मात्रै ६ किलोमीटरको दुरीमा रहेको जोगबनी बजारको व्यापार भने बढेको छ । गत बर्षको तुलनामा किनमेल गर्न आउने ग्राहकको संख्यामा पनि वृद्धि भएको छ । कपडामा लाग्ने भन्सार महशुलका कारण नेपाली बजारमा बिक्रि हुने कपडाको मुल्य बढी पर्न जान्छ । त्यही सामान जोगबनी पुगेर खरिद गरेर ल्याउँदा खुद्रा खरिदकर्तालाई भन्सारमा कडाईसमेत नहुने भएकाले उपभोग्य वस्तु तथा लत्ताकपडा खरिदका लागी उपभोक्ताहरु नेपाली बजारभन्दा जोगबनी बजार नै जान रुचाएका छन ।

तर दशैंको समयमा झण्डै दैनिक ४५ देखि ५० करोडको हाराहारीमा खरिदबिक्रि हुने जोगबनी बजारमा भने यसपटक भने व्यापारै नभएको नारायण स्टोर जोगबनीका सञ्चालक मानव अग्रवालले बताए । उनले अचानक व्यापार घटनुको कारणबारे आफु पनि अस्पष्ट रहेको भनाई राखे । उनले विगत ३ बर्षको अनुभव र ईतिहासमा यस्तो पहिलो पटक भएको उल्लेख गरे ।

यता मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदाले साउन १ देखि लागु भएको नयाँ कर नितिको कारणले पनि नेपाली बजार र जोगबनी बजारमा एउटै सामानको मुल्य फरक हुन गएको बताए । उनले बाहिरबाट आएर जोगबनी जाने एउटा लहर र प्रवितिकै विकास भएकोले पनि अधिकांश उपभोक्ताहरु जोगबनी जाने गरेको जानकारी दिए । उनले नेपाली बजारलाई स्थापित गर्न राज्य पक्षले पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । नेपाली बजार जेजस्तो भएपनि जोगबनी बजारको व्यापार भने बढेको अध्यक्ष मुण्डदाको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर