images

विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुईजना बिष्फोटक पदार्थ सहित प्रहरीको नियन्त्रणमा 

प्रकाशित |
messi

विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुईजनालाई बिष्फोटक पदार्थ र हातहतियार सहित नियन्त्रणमा लिएर शनिबार सार्वजनिक गरेको छ ।
मोरङ प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा र वालकुमार डांगीलाई सार्वजनिक गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको दुबैलाई प्रदेश नं. १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीको उपस्थितीमा हातहतियार सहित सार्वजनिक गरेका हुन । 
प्रहरीले मोरङको बुढीगंगा गाँउपालिका–७ मा लुकाई राखेको अवस्थामा बिष्फोटक पदाथ बरामद गरेको छ । प्रहरीले उनकै सूचनाका आधारमा ४३ थान जिलेटिन बरामद गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । खतिवडाले बुढीगंगा गाउँपालिका–७ का बालकुमार डाँगीलाई बिष्फोटक पदार्थ लुकाएर राख्ने जिम्मेवारी दिइएको अधिकारीले बताए । प्रहरीको अनुसन्धानमा डाँगी पनि संलग्न रहेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
डाँगीले केराघारी भित्र माटो मुनी गाडेर निओजेल ९० लेखिएको जिलेटिन ४३ थान, एरियल सहितको सेतो रिमोट एकथान, तार जोडिएको बक्स एकथान, रातो टेप र तार सहितको डेटकर्ड, केप, मसिनो तार राखेको फेला परेको थियो ।
बुढीगंगा घर भएका खतिवडा सुन्दरहरैंचा–७ मा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनको कोठाबाट आर्थिक सहयोगका लागि तयार गरिएको लेटरप्याड, विभिन्न मितिका प्रेस विज्ञप्ती, सम्पर्क नम्बर भएको डायरी, पार्टीको छाप, मेची–कोशी ब्यूरोको परिपत्र, सहयोग रसिद समेत बरामद गरिएको छ । प्रदेश भरी अहिले सम्म विप्लव समुहका ४६ जना पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुर प्रसाद ज्ञवालीले जानकारी दिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर