images

सप्तरीमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते

प्रकाशित |
messi

सप्तरी । सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा  स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षिया अमेरिकादेवी साह, ओमप्रकाश साह र आड वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए ।
घाइते  अन्यको नाम खुल्न नसकेको जानकारी दिँदै स्यालको टोकाइबाट घाइते भएका उनीहरुको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको स्थानीयवासी साहले  बताए । 
यता, आक्रमण गर्ने बहुला स्यालको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ । न्युज रातोपाटी डटकममा छ । 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर