images

नेपाल सरकारले जनादेश पुरा गर्ने मन्त्री महासेठको दावी

प्रकाशित |
messi

जेनवन न्युज,जनकपुरधाम । नेपालीले जनताले दिएको जनादेश नेपाल सरकारले पुरा गर्ने संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले दावी गरेका छन् । 
धनुषाको सवैलामा विजयादशमीको अवसरमा आयोजना गरिएको कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन समारोहमा बोल्दै मन्त्री महासेठले जनताले राम्रा सडकमा हिन्न, पुलको माध्यमले बाटो पार गर्न सहितका जनादेश सहित सरकारलाई दुइतिहाई दिएकाले ति सवै सपना साकार हुनेमा विश्वस्त हुन सवैलाई आग्रह गरेका छन् ।
पाँच वर्षको कार्यकालमा सडकको कनेक्टिीभिटी, पुलपुलेसोको व्यवस्था भरपर्दो रुपमा उपल्बध हुने उनले दावी गरेका छन् । आफनो गाँउ आफै बनाउन पुर्व प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले देखाएको प्रेरणावाट वर्तमान सरकार देशको विकास गर्न प्रतिवद्व रहेको  र विकासमा कुनै वाधा नहुन उनले तर्क गरेको थियो । 
कार्यक्रममा बोल्दै नेकपाका पोलीट ब्युरो सदस्य योगनारायण यादवले खेलकुदको प्राथमिकताले नै युवाको विकास हुनेमा जोड दिए । यादवले खेलकुदले पनी राष्ट्रलाई विश्वभर चिनाउन मदत गर्ने उनको भनाई थियो । उनले सरकारको ध्यान खेलकुद तिर पनि केन्दि«त हुन आवश्यक रहेको बताए । 
कार्यक्रममा नेकपाका नेताहरु श्रवण यादव बरबरिया, नेकपाका धनुषा अध्यक्ष राजकिशोर यादव, सवैला नगरपालिकाका प्रमुख विजय शंकर साह, युवा नेता राजु गुप्ता सहितकाले आ–आफनो धारणा राखेका थिए । गँुरास युवा क्लव, रामजानकी युवा क्लव र आर्दश युवा क्लवको आयोजनामा भइरहेको तिनवटै विद्याका खेलहरु एकादशीका दिन सम्म जारी रहने गुराँस युवा क्लवका अध्यक्ष नथुनी यादवले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर