images

जनकपुरधाममा यस्तो  : ज्यानको सट्टा पैसा महत्वपुर्ण

प्रकाशित |
messi

जनकपुरधाम : जनकपुरको सिटी हस्पिटलमा एक विरामीले आफनो गहना धितो राख्नु परेको खुल्न आएको छ ।
शनिबार राती करिब १० बजे एक विरामीले औषधी वापतको ८०० रुपैयाँ पछि बुझाउने गरी औषधी खरीद गरेता पनि पसल सँचालकले उनको गहना धितो राखे मात्र जान दिने भन्दै दवाब सिर्जना गरे । त्यसपश्चात बिरामीले धितोको रुपमा गहना राखेर मात्र विरामी रिफर गर्न पाएका छन् । 
धनुषाको मनिपट्टी बस्ने स्थानीय लिला देव भण्डारीको टाउकोमा गम्भिर चोट लागेको कारण उपचारको लागि सिटी हस्पिटल जनकपुरमा गएकी आफन्तले जनाएको छ । त्यहाँ उपचार सम्भव हुन नसकेपछि अस्पतालले रिफर गरेपछि जनकपुर अञ्चल अस्पतालमा गएको उनको आफन्तले जनाए ।
मोटरसाईकलबाट खसेकी लिलाको टाउकोमा समस्या देखिएपछि उपचारको लागि सिटी हस्पिटलमा गएको तथा औषधीको ८०० रुपैयाँ मात्र बाँकी रहँदा नाम, ठेगाना, फोन नम्बर दिएर भोली रकम पठाइदिने वा आफैं लिएर आउने भनेपनि उनले कुनै समान धितो राखे मात्र जान दिने अडान लिएपछि आफ्नो हातको ब्रासलेट निकालेर पसलेलाई दिएको विरामीकी भाई गँगा भण्डारीका दुखेसो पोखे ।
उनले भने, “साफै विश्वास नै गरेन उनीहरुले , उनीहरुमा मावनता नै मरिसक्यो जस्तो देखियो, दिदिलाई रिफर गर्दा हामीलाई अन्य ठाउँमा लैजाने हत्तार त्यतिकै थियो, एम्बुलेन्स र अन्य अस्पतालमा रुपैयाँ भन्दा पनि विरामी पुरयाउनु पहिलो कर्तव्य रहेकोमा यीनिहरुले बखेडा खडा गरेर समय पनि बर्बाद नै पारे । त्यति बेला म सँग थोरै पैसा थियो दुईटा पानीको बोत्तल र पट्टीको मात्र १८ सय रुपैयाँ बताएपनि आफूसँग बचेको तत्काल १ हजार दिएर ८०० भोली नै दिने आग्रह गरेपनि गहना नै खोसे उनीहरु ।“
सिटी हस्पिटलको भित्रै सँचालित औषधी पसल अस्पतालकै मातहतमा सँचालन भएपनि ८०० को लागि विरामीको गहना खोस्नु अमानवीय कृयाकलाप भएको प्रतिक्रिया दिइएको छ । एक्सरेको २५ सय, टाँकाको १५०० रुपैयाँ र औषधीको १८ सय रुपैयाँ जोडेकोमा ८०० रुपैयाँ मात्र बाँकी हुँदा औषधी पसल सँचालकले ब्रासलेट लिएको पीडितले जनाए । ८०० रुपैया वापत केही त्यति मूल्यको समान राखेर जान भनेपछि मात्र ब्रासलेट दिएर आएको भण्डारीले बताए ।
यस सन्दर्भमा सिटि अस्पताल मातहतमा सँचालित औषधी पसल सँचालकसँग भने सम्पर्क हुने सकेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर