images

शुभकामना आदानप्रदानका लागी प्रधानमन्त्री ओली दमक आउँदै

प्रकाशित |
messi

दमक : प्रधानमन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सोमबार नवमीको दिन दमक आउने भएका छन ।

२५ बर्ष अघिदेखि निरन्तर  नवमीको दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि उनी गृहनगर दमक आउने भएका हुन । यस भन्दा पहिले प्रधानमन्त्री ओलीले झापाको बिर्तामोडमा उक्त कार्यक्रमको आयोजना गर्दै आएका थिए । प्रधानमन्त्री ओली दिउँसो १२ बजे दमकको कार्यक्रमस्थलमा आईपुग्ने जनाईएको छ । नेकपाका स्थानीय नेता गगन पुरीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको जानकारी दिएका छन । प्रधानमन्त्री ओलीले पार्टीका नेता, कार्यकर्ता, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत निमण्त्रणा पठाएका थिए ।

ओली भद्रपुर विमानस्थलबाट सिधै दमकको कार्यक्रमस्थलमा पुग्ने उक्त कार्यक्रममा १ हजार जनाको उपस्थित रहनेछ । ओली दमक आउने भएपछि दमक सहित झापाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।

प्रधानमन्त्री ओली भने सोमबार अपरान्ह नै पुनः काठमाडौं फर्किने छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर