images

विराटनगरबासीको टीका बिशेष : (फोटो फिचर)

प्रकाशित |
messi

विराटनगर : विजयादशमीको दिनदेखि पाँचदिनसम्म चल्ने दशैं टीका अन्तर्गत आज पहिलो दिनको सुरुवात भईसकेको छ । यो टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको दशैं चाडको अन्त्य हुन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ । दशैंको टीकामा जमराको पनि उत्तिकै महत्व हुन्छ । टाढाँटाढाँबाट आफन्तजनहरु खासगरी दशैंको टीका लगाउनै आफ्नो घर फर्किने गर्दछन ।

विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । बर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

दशैंको टीका लगाउँदा एउटा श्लोकको अनिवार्य उच्चारण गरि आशिर्वाद दिईन्छ । त्यो श्लोक हो :
आयूद्र्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। 

 
अर्थात, द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामले जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानझैँ गतिशील, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्ण जस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनले आशीर्वचन दिन्छन् । मानव मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । गाईको दूधको दहीले रंगाएको रातो वा सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

यी विभिन्न मुल्यमान्यताहरुलाई आत्मसात गर्दै विराटनगर बासीहरुले पनि यसप्रकार दशैंको टीका ग्रहण गरेका छन ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर