images

मन्दिरलाई समेत छाडेन कल्यायापुर नगरपालिकाले

सिसिटिभी क्यामेरामा भ्रष्टाचार गरेको स्थानीयको आरोप

प्रकाशित |
messi

सिरहा । कहिले विकासको नाउँमा त कहिले राहत वितरणमा भ्रष्टाचारी गरेको आरोपमा मुछिंदै आएको स्थानीय तहका प्रतिनिधीहरु धार्मिक आस्थाको स्थल मन्दिरको काममा समेत आर्थिक हिनामिना गरेको खुल्न आएको  छ । 
सिरहाको कल्याणपुर नगरपालिका स्थित दुर्गा मन्दिरमा सीसीटीभी क्याम्रा भाडामा लिएको घटना सार्वजानिक भएपछि स्थानीयवासीहरुले नगरपालिकालाई धार्मिक कार्यमा आर्थिक हिनामिना गरेको आरोप लगाउन थालेका छन । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने ‘ 

यदि मेलामा सुरक्षाको दृष्टिकोणले सीसीटीभी क्यामरा जडान नै गर्नु थियो भने भाडामा किन ? स्थायी रुपमै जडान गरे हुन्थ्यो नि । ’ तर नगरपालिका कार्यालय र वडा कार्यालयले भाडामा क्यामेरा जडान गरेपछि स्थानीयवासीले आक्रोश पोख्दै भने ‘जेमा पनि घोटाला , हुँदै हुँदा मन्दिरलाई समेत छोडेनन भ्रष्टहरुले ’ । 
यो खबर समाजिक संजाल फेसबुकमा समेत चर्चाको विषय बनेको छ । संजाल मार्फत कल्याणपुर सहित सिरहावासीहरुले नगरपालिका कार्यालयले पुजा , मेला , सीसीटीभी जडानबारेको सम्पुर्ण आय व्यय सार्वजानिक गर्नु पर्ने आवश्यकता रहेको ठहर समेत  गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर