images

दाइजोले लियो फेरि एक छोरीको ज्यान

प्रकाशित |
messi

विराटनगर । दाइजोकै कारण फेरि एक नेपाली चेलिले ज्यान गुमाउनु परेको छ । 
विराटनगर वडा नम्बर ११ स्थित पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनिको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी(बहरदार) को दाइजो कै कारण हत्या भएको छ । 
विगत ६ महिना पहिले भारतको बिहार स्थित जोगबनी वडा नम्बर १८ भेडियारी निवासी वर्ष २५ को भिम बहरदार संग उनको बिवाहा भएको परिवारले जनाएको छ ।
छोरीको ससुराली बाट पटक पटक दाइजोको लागि यातना दिदै पैसा र विभिन्न सरसामान माग्न लगाइएको बुवा मानिक चन्दले बताए । उनले दाइजो नदिदा धेरै पटक छोरीलाई कुटपिट र मांसिक यातना समेत दिइने गरिएको  जेनवन न्युजलाइ बताए । उनले भने 'पैसा र सरसामान नदिदा छोरीलाई मार्दिन्छु भन्दै धम्की ससुराली बाट आउने गरेको थियो,र आज त्यही फलस्वरूप छोरीलाई मारेर बेपत्ता बनाइयो' । 

बुवा मानिक चन्दले छोरीलाई ससुरालीबाट धेरै दुख दिदा हामिले विभिन्न ठाउँ बाट ऋण गरेर ९० हजारको मोटरसाइकल किनेर दिएका थियौ तर त्यतीले नपुग्दा पसल गर्ने बहानामा अझै २ लाख चाहियो भन्दै कुटपिट गर्ने गरेको दुखेसो पोखे । 
उनका अनुसार दुई दिनयता छोरीलाई धेरै नै दुख र यातना दिने गरिएको थियो र बुझ्दै जादा आज एक्कसी छोरीको छिमेकी अर्जुन बहरदार बाट छोरीलाई मारेर बेपत्ता बनाइएको जानकारी पायौ । 
अहिले यो घटनाको जोगबनी थानामा उजुरी परे संगै अनुसन्धान भइरहेको छ भने मृतक भनिएकी रञ्जुको खोजतलास भइरहेको छ । जोगबनी प्रहरीका अनुसार ससुरालीको सबै परिवारजन फरार रहेको छ र सबैको खोजतलास भैइरहेको छ । 

उजुरी 

जोगबनी थानामा परेको उजुरी 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर