images

मदिरा सेवनदेखि प्रहरी हिरासतसम्म

प्रकाशित |
messi

विराटनगर : दिउँसै मदिरा सेवन गरेर मात्तिएका एक व्यक्तिले तोडफोड  गरेका छन ।

विराटनगर ट्राफिक चौकस्थित एक होटलमा उनले तोडफोड गरेका हुन । नाम र ठेगाना नखुलेको उक्त व्यक्ती मदिराको नशामा होटलको प्रवेशद्वारा अगाडि बसिरहेका थिए । होटल सञ्चालकले बाटो छोडन आग्रह गरेपछि आक्रोशित हुँदै उनले हातले हानेर ढोकाको सीसा समेत फुटाएका छन ।

सम्बन्धित बिषयमा बोल्दै होटलकी सञ्चालक निर्मला राजवंशीले उक्त व्यक्तिलाई आजभन्दा पहिले कहिल्यै नदेखेको बताईन । उनीले बाटो छाडन आग्रह गरेपछी उल्टै मदिराको सेवनबाट ग्रसित उक्त व्यक्तिले ज्यान लिने धम्की दिँदै गालीगलौज समेत गरेको जानकारी दिईन । 

यता स्थानीयले जिल्ला प्रहरी कार्यालयमा फोन मार्फत सम्पुर्ण जानकारी गराउँदा प्रहरी नआईसकेको खण्डमा उक्त व्यक्तिले होटलकी सञ्चालक महिलालाई विभिन्न गालीगलौज गर्दा पनि घटनास्थलमा रहेका ट्राफिक प्रहरी भने मुकदर्शक भएर उभिएका थिए ।
 
व्यक्तिको बिग्रदैं गएको मानसिक अवस्थालाई मध्यनजर गर्दै अन्त्यमा स्थानीय जनता र ट्राफिक प्रहरीको सहयोग वडा प्रहरी कार्यालयमा प्रहरी हिरासतमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर