images

पढन जाने क्रममा एक बालिकाको मृत्यु

प्रकाशित |
messi

भदौ ११, पाल्पा ।
रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु बेहोस हुँदा एक जनाको मृत्यु भएको छ ।

रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बेहोस भएका ९ जना विद्यार्थीहरुमध्ये एकको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फाल रहेकी जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

बुधबार बिहानै ०७ः३० बजे विद्यालयमा कोचिङ्ग पढ्न जाने क्रममा मृतक कमला बेहोस् भएपछि उनीसँगैका ८ जना सहपाठी साथीहरु समेत रुँदारुँदै बेहोस् भएका थिए ।

बेहोस भएकी छात्रा फालको उपचारका लागि उनीलाई प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई तत्कालै लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर