images

उच्च अदालत पोखराका न्यायाधीश शाही सेवाबाट बर्खास्त 

प्रकाशित |
messi

काठमाडौं । उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई न्यायपरिषद्को बैठकले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ। 
परिषद्का प्रवक्ता मानबहादुर कार्कीले शुक्रबार बसेको परिषद्को बैठकले गोरखा बुरअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार परिषद्ले सो विवादमा छानबिन समिति समेत गठन गरेको थियो। 
छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजीनामा दिइसकेका छन्। बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको  प्रवक्ता कार्कीले बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर