images

इनरुवा अस्पतालमा दारुको बोतल : प्रशासन अनविज्ञ

प्रकाशित |
messi

इनरुवा। इनरुवा अस्पतालमा स्थानीयले सुरु गरेको सफाई अभियानले तेस्रो दिन आज समेत निरन्तरता पाएको छ । 

स्थानीय युवा सहितका सामाजिक अभियान्ताहरुले थालेको अस्पताल सफाई अभियानमा अन्यको सहभागिता समेत बढ्न थालेको छ । अस्पताल प्रशासनको बेवास्तका कारण थुप्रिएको फोहोेर स्थानीयले उठाएपछि यतिबेला इनरुवा अस्पतालमा सुद्धिकरण र सफाई अभियान छेडिएको हो । 

सुरक्षाकर्मी सहितको उपस्थितिमा अस्पताल परिषरको फोहोर संकलन गरि व्यवस्थापन गरिने कार्यले निरन्तरता पाएको छ । अस्पताल परिषरबाट ठूलो संख्यामा मदिराका बोतलहरु समेत फेला पारिएको छ । राजनैतिक खिचातानी र अस्वस्थ प्रतिष्पर्धाका कारण ग्रसित इनरुवा अस्पताल लामो समययता आलोचित बन्दै आएको छ । अस्पताल प्रमुखको बेवास्तासँगैको लाचारीपना र व्यवस्थापन समितिको गैरजिम्मेबारी औल्याउने स्थानीयहरु अस्पताल भित्र मौलाएको राजनैतिक जालो नतोडिएसम्म सुधार अभियानले सार्थकता पाउन नसक्ने बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर