images

मोटरसाईकल र मजदुर बस जुध्दा प्रहरी जवानको मृत्यु

प्रकाशित |
messi

विराटनगर । दुहबी नगरपालिका २ स्थित दंगा नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ ।  

को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको हो ।  

उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडी सवार मोरङ गोबिन्दपुर घर भई हाल सोहि कार्यालयमा कार्यरत प्रहरी किरण कठेत गम्भिर घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर