images

सर्वोच्चको आदेश: वंशजको आधारमा नागरिकता दिनुपर्छ

प्रकाशित |
messi

भदौ १४, काठमाडौं ।
सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई तत्कालै वंशजका आधारमा नागरिकता दिन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जवरासहितको ५ न्यायाधीशको संयुक्त संवैधानिक इजलासले जन्मका आधारमा नागरिकता पाएका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने आदेश आदेश जारी गरेको हो ।


बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्र उपर रिट दायर गरेका थिए ।

तर उक्त रिट संवैधानिक इजलासले बुधबार खारेज गरेपछि जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो खुला भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर