images

प्रदेश एकमा ६२ प्रतिशत खेती योग्य जमिनमा सिचाईको कमी 

प्रकाशित |
messi

विराटनगर । प्रदेश नम्बर १ मा अझै पनि ६२ प्रतिशत खेती योग्य जमिनमा सिचाई पुग्न नसक्दा उत्पादकत्वमा कमी आएको विशेषज्ञहश्रले बताएका छन् । 
३९ औ विश्व खाद्यय दिवश तथा गरीबी निवारण दिवशको अवसरमा आज विराटनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा  मन्त्रालयका सचिव डाक्टर बिमलकुमार निर्मलले यस्तो बताउनु भएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे निर्मलले प्रदेश नम्बर १ ले आवद्यिक योजना बनाइसकेको जानकारी गराउदै सिचाईको सुविधा बढाउन सके उत्पादकत्व बढेर जाने स्पष्ट पार्नूभयो । उहाले प्रदेश नम्बर १ मा आगामी ५ बर्षभित्रमा मकै २ दशमलब ५ प्रतिशतबाट ४ दशमलब २५ मेट्रिक टन उत्पादकत्व बढाउने योजना रहेको छ । यस्तै धान ३ दशमलब ५ प्रतिशतबाट ५ मेट्रिक टन उत्पादकत्व बढाउने, माछा, ४ दशमलब ८ बाट ६ मेट्रिक टन उत्पादकत्व बढाउने लक्ष्य रहेको बताउनु भयो |
यस्तै नेपाल संसारका ७८ राष्ट्रहरु मध्ये विश्वव्यापी भोकमारी सुचाङ्कमा ४९ औं स्थानमा रहेको बताउनू भयो ।  नेपालका ३३ जिल्लाहरु खाद्यय सुरक्षाको मारमा परेका छन् जसमा अधिकांश नेपालको मध्य तथा सुदुर पश्चिम हिमाली क्षेत्रका रहेका छन् । नेपालमा भोकमुक्त संसार तथा गरिबी न्युनीकरणका लागि खाद्य पदार्थको उत्पादनमा वृद्धि , उत्पादित खाद्यय बस्तुको उचित भण्डारण र फुड बेस्ट न्यूनीकरण गर्न लाग्नु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा कृषि विकास निर्देशनालय प्रदेश १ का निर्देशक बेनुप्रसाद प्रसाईले नेपालमा खाद्यय सुरक्षाको अवस्था, गरिबी निवारणमा सहकारीको भूमिकाको बिषयमा मन्त्रालयका तोयानाथ तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नम्बर १ का व्यवसायीक कृषकहरुको सहभागीता रहेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर