images

अछाममा पहिलो पटक कराँते प्रतियोगिता

प्रकाशित |
messi

अछाम : अछामको साँफेबगरमा प्रथम सुदूरपश्चिम स्तरीय गोजुरियो कराँते प्रतियोगिता  आयोजना गरिएको छ। मंगलबारबाट सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्नेछ। राष्ट्रिय गोजुरियो कराँते संघ जिल्ला शाखा अछामको आयोजनामा सञ्चालित प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट ३०० जना खेलाडीले सहभागी छन्।  

जिल्लामै पहिलोपटक आयोजना भएको प्रदेश स्तरीय कराँते प्रतियोगितामा ५३ इभेन्टमा ५३ वटा स्वर्णपदक, ५३ वटै रजत पदक र १०६ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। खेलमा २० देखि ७० केजी तौल समूहमा प्रतिस्पर्धा गराइने गोजुरियो कराँते संघ जिल्ला शाखा अछामका अध्यक्ष प्रकाश शाहले जानकारी दिए। 

यहा आएका खेलाडीहरुलाई यहाका पर्यटकीय स्थलहरुको भ्रमण गराउने योजना समेत रहेको शाहले बताए। संघ स्थापना भएको एक वर्षको अवधिमा झण्डै ५०÷६० जना खेलाडी उत्पादन भैसकेका उनले जानकारी दिए।

खेलको उद्‍घाटन पूर्वमन्त्री तथा अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भीम रावलले गरेका थिए। नेता रावलले जिल्लाको खेलकुद विकासका लागि आफू सधै लागि परेको बताए। उनले भने ‘खेलाडी राष्ट्रका गहना हुन यीनलाई संरक्षण गर्न तीनै तहका सरकार लाग्नुपर्छ। जिल्लामा खेल मैदान र कबर्ड हलको अभाव अब छिटै अन्त्य हुनेछ।’

जिल्ला यसरी पहिलो पटक कराँते प्रतियोगिता आयोजना हुँदा निकै खुशी लागेको  स्थानीय खेलाडी हरिचन्द्र तिरुवाले बताए। उनले भने ‘क्रिकेट, भलिबल, फुटबल जस्ता खेल सधैं भइरहन्छ तर कराँते पहिलो पटक भएको छ। हामी जस्ता कराते खेलाडीका लागि यो निकै खुसीको कुरा हो।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर