images

’इमर्जिङ टिम्स’ एसिया कप क्रिकेट २०१९ मा नेपालको सहभागिता

प्रकाशित |
messi

काठमाडौं । बंगलादेशमा हुने ’इमर्जिङ टिम्स’ एसिया कप क्रिकेट २०१९ मा नेपालले  सहभागिता जनाउने भएको छ । अन्तिम समयमा युएइले नाम फिर्ता लिएपछि नेपालले इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने अवसर पाएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको जानकारी दिएको छ । प्रतियोगिता कात्तिक २६ गतेबाट मंसिर १४ गतेसम्म चल्नेछ । 
 एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल बलियो राष्ट्र छिमेकी भारत पाएको छ ।  टेष्ट राष्ट्र आयोजक बंगलादेशसहित भारतलगायत ८ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । समूह बी मा नेपालसँगै बंगलादेश, हङकङ र भारत छ । समूह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छ । समूहको शीर्ष स्थानमा रहने दुइ टोली सेमिफाइनलमा पुग्नेछन् । टेष्ट राष्ट्रको हकमा भने यू–२३ टोली प्रतियोगितामा सहभागी हुनेछ । 

नेपालले आफ्नो पहिलो खेल भारतसँग नोभेम्बर १४ तारिखमा खेल्नेछ । त्यस्तै, १६ तारिखमा हङकङसँग खेल्ने नेपालले बंगलादेशसँग १८ तारिखमा खेल्नेछ । नोभेम्बर १४ देखि २३ तारिखसम्म आयोजना हुने एसिया कप  ५० ओभरको हुनेछ । समूहको विजेता र उविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाली सिनियर क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न लागेको हो । यसअघि २०१८ मा भएको एसिया कपमा ६ देशको मात्रै सहभागिता थियो ।

यूएईमा भएको एसिया कप भारतले उपाधि जित्दा पाकिस्तान, श्रीलंका, अफगानिस्तान हङकङ र ओमानले खेलेका थिए । यो पटक भने टिम थप गरि ८ र्पुयाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर