images

विराट नर्सिङ फलोअप : आन्दोलन अझै रोकिएन

प्रकाशित |
messi

विराटनगर ।  विराट नर्सिङ होममा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित बनेका आफन्तजनको आन्दोलन र नाराबाजी अहिले सम्म रोकिएको छैन । 
चिकित्सकको लापरबाहीले बिरामीको अकालमै मृत्यु भएको भन्दै बिहीबार आक्रोशित बनेका आफन्तहरुको आन्दोलनको  अहिलेसम्म कुनै टुङगो लागेको छैन ।

अस्पताल र चिकित्सकको लापरबाहीले हरेक महिना एक जना बिरामीको ज्यान जाने लिने अस्पतालको रुपमा परिचित हुँदै गएको नर्सिङ होममा उपचार गराउनु चूनौतीको बिषय बन्दै गएको छ ।
यस्तै दुहबी ८ स्थित नरिणगंज बस्ने २० वर्षीय रमिला कार्की घिमिरेको मृत्यु हुँदा तनावग्रस्त बनेको विराट नर्सिङ होम अस्पताल परिसर पुनः विवादित बन्न गएको छ । डेलिभरीका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल टंकीसिनवारीमा सोमबार राती २ बजे भर्ना भएकी रमिला कार्कीले नर्मल प्रसूतिमार्फत् बिहान ८ बजेर ५ मिनेटमा बच्चालाई जन्म दिएकी थिईन् । बच्चा जन्मिएपछि ४ घण्टासम्म उच्च रक्तश्रावका कारण महिलाको अवस्था गम्भीर बनेको थियो । 
बिरामीको बिग्रँदो स्वास्थ्य अवस्था हेरेरे अस्पतालमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको बिरामीकी जेठानी सुनैना घिमिरेले जेनवन न्युजलाइ बताईन । उनीले रोई कराई गरेर  डाक्टरसँग बिरामी बचाईदिन आग्रह गर्दा डा. ज्ञानेन्द्रमान सिंह कार्कीले लगायतको टोलीले मनोमानी ढङगबाट शल्यक्रिया गरेर बिरामीको पाठेघर फालेकोे घटना सुनाईन । पाठेघर फालेको बिषयमा र बिरामीबारे थप जानकारी लिन खोज्दा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले अपशब्द प्रयोग गर्दै आफुलाई गाली बेईज्जती समेत गरेको सुनैनाले बताईन ।

यता बिरामीका श्रीमान लालबहादुर घिमिरेले बिरामीको अवस्था थप गम्भीर भएको बताउँदै बिरामीलाई लापरबाही पुर्ण तरिकाले विराट मेडिकल कलेजबाट विराट नर्सिङ होममा सारिएको बताए । उनका अनुसार गत बुधबार नै बिरामीको मृत्यु भईसक्दा समेत अस्पतालले भने बिहीबार बेलुका मात्रै मृतक घोषणा गरेको गुनासो गरे । उनले अस्पतालले श्रीमतीलाई मृतक घोषणा गरिसक्दा पनि बच्चाको बारेमा आफुलाई केही जानकारी नरहेको बताए ।

यता यस बिषयमा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले बिरामीको उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै आएका छन् । उनले बिरामीको उपचार गर्ने क्रममा सबैलाई बचाउन हामी भगवान नभएको प्रतिक्रिया दिए । जेनवन न्युज संग कुरा गर्दौ कार्कीले रमिलाको उपचारमा आफै संलग्न रहेकोले लापरबाही भएको कुरा भ्रामक रहेको बताए ।

यसरी हरेक महिना चिकित्सकहरुको लापरबाहीले कुनै न कुनै बिरामीको मृत्यु हुँदा विराट नर्सिङ होम भने ज्यानमारा अस्पतालको रुपमा चिनिन थालिएको छ । हाल आएर निजी अस्पतालहरुमा उपचार गराउनु चुनौतीको बिषय बन्न पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर