images

सिरहाको लहानमा बहुला स्यालको बिगबीगी : १६ घाइते

प्रकाशित |
messi

सिरहा ।  सिरहाको लहान नगरपालिकामा बहुला स्यालको बिगबीगी बढेको छ । लहानमा बहुला स्यालको टोकाइबाट एकैदिन १६ जना घाईते भएका छन् । बहुला स्यालले मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर ४ का १६ जनालाई टोकेर घाइते बनाएको छ भने स्थानियवासी आतंकित भएका छन् ।

सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निस्केको बहुला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना व्यक्तिलाई टोकेपछि गाउँ नै त्रसित बनेको स्थानीयले बताएका छन् ।  मंगलबार बिहान गाउँका व्यक्तिहरु शौचालय गर्न बाहिर निस्कने क्रममा बहुलाहा स्यालले आक्रमण गरेको एक स्थानीयले बताए ।

स्यालको आक्रमणबाट ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाई मेस्तर, ५ वर्षीय मो. रेहान, ५५ वर्षीया गुलाबदेवि महतो घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी सन्जुदेवि महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेस्तर, रबिनाकुमारी मेस्तर, संजीवकुमार दास लगायतका व्यक्ति सामान्य घाइते भएका छन् ।

वडा अध्यक्ष रामनाथ पण्डितका अनुसार इलाका प्रहरी कार्यालय लहानका डीसपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डीसपी अर्जुण सापकोटा सूचना पाएलगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भईरहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर