images

विप्लव समूहमा ‘केटी काण्ड’ : कामरेड निलम्बनमा

प्रकाशित |
messi

काठमाडौ : तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयको एक महिलालाई दुृव्र्यवहार गरेको प्रकरणले तताईरहेको बेला भूमिगत रुपमा विभिन्न गतिविधि संचालन गर्दै आएको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा पनि यौनकाण्ड बल्झिएको छ । सत्ता र भूमिगत विद्रोहीका बीचमा हत्तपत्त समानता पाइँदैन । तर, यहाँ त्यस्तै संयोग देखिएको छ ।

सरकारले जुवा–तासजस्ता सामाजिक विसंगतिमाथि निर्ममतासाथ कारवाही अगाडि बढाउँदै गर्दा सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले पनि अहिले जुवा, तास एवं तस्करी नियन्त्रण गर्ने कार्यलाई अभियानका रुपमा अगाडी बढाउने निर्णय गरेको समाचार प्राप्त भएको छ ।

त्यस्तै विप्लवव समूहले विभिन्न स्थान र समयमा पक्राउ परी बन्दी जीवन व्यतित गरिरहेका पार्टी नेता–कार्यकर्तामाथि मारपिट गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने नीति पनि अख्तियारी गर्ने बताईएको छ ।

‘लागुपदार्थ निषेध गरौँ । लागुपदार्थ व्यापारीलाई कारवाही गरौँ । देह व्यापार बन्द गरौँ, देहव्यापारीलाई कारवाही गरौँ । विषादी रक्सी बन्द गरौँ । लुटेरा, गुण्डाहरुलाई कारवाही गरौँ । अन्यायपूर्ण कर नतिरौँ ।’ भन्ने अभियान संचालन गर्न थालको विप्लव समूहभित्र यौनकाण्ड मच्चिएको छ ।

केटीकाण्डको रुपमा परिचित यो काण्डमा परेर विप्लव समूहका कार्यकर्ता निलम्बनमा समेत परेका छन् ।आफ्नै सहकर्मीसँग रतिरागमा लिप्त भएको सूचना साथीहरुबाटै पार्टी हेडक्वार्टरमा पुगेपछि राकेशलाई चेतावनी समेत दिएको थियो ।

सांस्कृतिक विचलनमा लागेको भन्दै उनलाई निलम्बन गरिएको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्ध संचालन गर्दा पार्टीभित्र विभिन्न यौनकाण्डका घटनाहरु भईरहेको स्मरण गर्दै पार्टी हाईकमाण्डले यस विषयमा सतर्कता अपनाउन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन जारी गरेको छ । राकेश काण्डले भूमिगत नेकपाभित्र जनयुद्ध कालको यौनकाण्डहरुको पुनरावृत्ति हुन थालेको भन्दै यस विषयमा कडाई गर्न ईन्चार्जहरुलाई कडा निर्देशन दिएको छ ।

यसरी यौन काण्डमा मुछिएपछि राकेश नामका कार्यकर्ता तीन महिने निलम्बनमा परेका हुन् ।राकेशलाई निलम्बन गरिएको सर्कुलरमा विधानको धारा २३ मा गरिएको ‘विशेष व्यवस्था’ अनुसार पार्टी वार्ड समिति गठन गर्दै संगठन सुदृढिकरण अभियान चलाउने कुरा पनि उल्लेख छ ।

त्यस्तै नेता खड्गबहादुर बिक (प्रकाण्ड) का स्टाफ तथा पूर्व सांसद गमबहादुर श्रीष अर्थात् विजेतालाइ म्याग्दी जिल्ला इञ्चार्ज बाट स्कुलिङ विभागमा स्थानान्तरण गरिएको छ । बिरामी बिदा माग्ने मेचीका केन्द्रीय सदस्य सुमन लिम्बू ‘दिपेश’ लाई छुट्टी दिइएको छ भन्ने पूर्वेली तामाङ थरका राजीव र दंगाली खड्का थरका तिलकलाई युवा संगठनबाट ब्युरोमा तानिएको छ ।

प्रतिक घिमिरेलाई चाहिँ भारत प्रवासको जिम्मेवारीबाट सेती–महाकालीमा स्थानान्तरण गरिएको छ । त्यस्तै, जनसंगठनका सम्मेलनहरु पनि हुने त्यसमा उल्लेख छ । त्यसअनुसार, दलित मोर्चाको फागुनपछि, मजदुरको १ मेमा, महिलाको ८ मार्चमा, शहीद परिवार समाजको बैठक २८ गते, बेपत्ता परिवार समाजको बैठक मंसिर २ मा, मधेसी, थारु, शिक्षक र सामना परिवारको इञ्चार्ज तोकिएको र त्यसबारे सम्बन्धित माध्यमबाट जानकारी दिइने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर