images

विराटनगरमा सामा चकेवा कार्यक्रम हुने 

प्रकाशित |
messi

विराटनगर । विराटनगरमा सामा चकेवा कार्यक्रम हुने भएको छ । मिथीला क्षेत्रको महत्तवपुर्ण पर्वको रुपमा रहेको सामा चकेवा पर्वको उपलक्ष्यमा यही कात्र्तिक २६ गते सो कार्यक्रम हुने आयोजकले जनाएको छ  । 
मधेशी महिला नागरिक समाज र सिकयाही युवा एकता क्लबको संयुक्त आयोजनामा सो कार्यक्रम हुने अध्यक्ष आशा झाले जानकारी दिए ।

अहिलेको आधुनिक युगमा मिथीला संस्कृतीको संरक्षण र प्रर्बद्धन गर्न सबैले आफनो स्तरबाट पहल गर्नुपर्ने अध्यक्ष झाले बताए । कार्यक्रममा प्रदेश एकका विशिस्ट व्यक्तीहरुको समेत उपस्थिती रहने झाले जानकारी दिए । सो कार्यक्रममा गा्रमीण महिला द्धारा निर्मित  एक सय भन्दा बढी मुर्तीरु रहने उनले बताए । 

उनले विराटनगर १२ र १३ रानी पथ,नहर छेउमा बेलुका ४ बजे देखि हुने सो कार्यक्रममा २ हजार भन्दा बढी दर्शकको उपस्थिती रहने समेत जानकारी दिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर