images

सञ्चारकर्मी यादव माथि आक्रमण

प्रकाशित |
messi

राजवीराज । राजवीराजका एक जना सञ्चारकर्मी माथि आक्रमणको प्रयास भएको छ । 
एपीवान टेलिभीजनको सप्तरी संवाददाताको रुपमा विगत लामो समय देखि पत्रकारीता गर्दे आएका सौरभ यादाव माथि आक्रमणको प्रयास भएको हो । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ गोइठी घर भइ राजवीराज बस्दै आएका वर्ष २५ को युवा जयकृष्ण बिराजीको  हत्याको विषयमा थप जानकारी खोज्ने क्रममा उनी माथि आक्रमणको प्रयास भएको यादवले जनाए । 

सञ्चारकर्मी यादवका अनुसार उनीमाथि हमला गर्ने सतीश यादव रहेको छ । जयकृष्णको हत्यामा संलग्न रहेको सतिशको भाई सुभाषको बारे बुझदै जाने क्रममा उनी माथि सतिशले हमलाको प्रयास गरेको हो । 
हमला गर्ने सतिशले हत्याको आरोपमा फरार रहेको उनको भाई सुभाषको विषयमा समाचार सम्प्रेषण नगर्न भनी धाक धमकी समेत दिदै आएका थिए ।  

जयकृष्णको यहि असार ११ गते केटि साथी भेट्न क्रममा हत्या गरीएको थियो ।  
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर