images

ग्राहक ठग्दै आस्था नेपाल सहकारी : एक सय भन्दा बढी ग्राहक ठगीए

प्रकाशित |
messi

विराटनगर । विराटनगर वडा नम्बर ७ स्थित हस्पिटल चौकमा रहेको आस्था नेपाल बहुद्देशीय सहकारी संस्थाले आफना ग्राहक ठगेको खुल्न आएको छ । 
आस्था नेपाल सहकारीमा रहेको ३ हजार ग्राहक मध्ये १ सय भन्दा बढी ग्राहक ठगीएको खुल्न आएको छ । आस्था नेपालमा दैनिक पैसा जम्मा गर्ने एक जना ग्राहक दिपक कामतले आस्था नेपाल बाट आफु ठगीएको थाहा पाएर जेनवन न्युजको सम्पर्कमा आए । 
उनले आफुले सहकारीमा जम्म गरेको ५ हजार ७ सय रुपैयाँमा सहकारीमा ४ हजार ६ सय मात्र देखिएको बताए । उनले सधैँ पैसा लिन आउने सहकारीका एक जना कर्मचारीले आफनो पैसामा हेरफेर गरेको हुन सक्ने आशंका व्यक्त गरे । उनले सहकारीको कर्मचारी रिकेश कामतले आफु लगायत अन्य धेरै ग्राहकको पैसा हेरफेर गरेको बताए । 
त्यसतै एक जना ग्राहक मो.अजाद रियाजले पनि आफु ठगीएको बताए । उनले २०७४ साल असोज २४ गते आस्था नेपाल सहकारी संस्था बाट केहि पैसा ऋण स्वरुप लिएका थिए । रियाजले ऋण स्वरुप लिएको पैसाको प्रयोग नभएको देख्दा एक महिना भित्रै संस्थाका कर्मचारी रिकेश कामतलाई चेक काटेर पैसा फिर्ता गरेका थिए । तर सो पैसा अहिले सम्म संस्थामा नआएको उनले बताए । उनले त्यो चेक सहकारीका कर्मचारी रिकेश कामतलाई दिएको उल्लेख गरे ।  
सोहि संस्थामा पैसा राख्दै आएका एक जना ग्राहकले सहकारीमा आफुले २ लाख ७२ हजार जम्मा गरेकोमा १ लाख ४८ हजार मात्र रहेको बताए । उनले यो सबै पैसा हिनामिना मा सहकारीका कर्मचारी रिकेश कामतको हात रहेको बताए ।
ठगीएका सबै ग्राहकका पैसा विराटनगर वडा नम्बर ६ बस्नै रिकेश कामतले उठाउदै आएका थिए । पैसा उठाउने रिकेश आस्था नेपाल सहकारीमा विगत १३ वर्ष देखि कार्यरत रहेको खुल्न आएको छ । रिकेशले सहकारीको नियम विपरीत्त एक सय भन्दा बढी ग्राहकको पैसा हिनामिना गरेको हो । पैसा हिनामिना गरेको रिकेशले यो विषयमा केहि नबोल्ने बताए । 
यता यो विषयमा सहकारीका चेयरम्यान राजेश हेडाले आफुलाई यो विषयमा खासै केहि जानकरी नभएको भन्दै पछाडि हटे । उनले आफु संस्थामा बढी समय नदिने गरेकोले यो विषयमा आफु भन्दा बढी सहकारीका व्यवस्थापक दिपक कर्णलाई थाहा हुनसक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर