images

भारतविरुद्ध विराटनगरमा प्रदर्शन : भारतले सार्वजनीक गरेको नयाँ नक्सा परिवर्तन गर्न माग

प्रकाशित |
messi

विराटनगर । भारतले सार्वजनीक गरेको नयाँ भारतीय नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै भारतविरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । 
अनेरास्ववियू मोरङ जिल्ला कमिटिले बिहीवार आयोजना गरेको प्रदर्शन ¥यालीमा सहभागीहरुले भारतले दादागिरी देखाएर नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई आफ्नो नक्सामा राखेको भन्दै आक्रोश पोखेका थिए ।

विराटनगरको जनआन्दोलन (महेन्द« चौक ) चोकबाट सुरु भएको प्रदर्शलाई हनुमान मन्दिर अगाडी पुगेर कोणसभामा परिणत गरीएको थियो । ¥यालीमा सहभागीहरुले ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै प्लेकार्डसहित भारतविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । कोणसभामा बोल्दै अनेरास्ववियूका नेताहरुले आफ्नो देशको सिमा जोगाउन जस्तो सुकै लडाइ लड्न तयार रहेको बताए । 

त्यसतै ¥यालीमा बोल्दै विभिन्न व्यक्तिहरुले देशको सीमा रक्षाका लागि नेपालीहरु जुनसुकै हदसम्म लड्न तयार रहको बताए ।  भारतले नयाँ नक्सामा नेपालको कालापानी,लिपुलेक लगायतका नेपाली भूमि समावेश गरेको भन्दै देशैभर प्रदर्शन भइरहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर