images

भारतले सार्वजनीक गरेको नयाँ नक्सा प्रती स्वतन्त्र युवा समूहको आपत्ती

प्रकाशित |
messi

विराटनगर । भारतले सार्वजनीक गरेको नयाँ नक्सामा नेपालको भुभाग समावेश गरीएको भन्दैस्वतन्त्र युवा समूह विराटनगरले विरोध गरेको छ । समुहले भारतीय राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेको भन्दै बिरोध गरेको हो । 

समुहका अध्यक्ष हमिद आजादको सभापतित्वमा विराटनगरको रानी भन्सार २ नम्वर ढाट नजिकै सो कार्यक्रम गरेको हो ।  समुहले गरेको कार्यक्रममा बिभिन्न बिधार्थी संगठनका प्रतिनिधिहरुका साथै स्वतन्त्र युवाहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा  राजनीतिक विश्लेषक स्वयम्भुनाथ कार्कि , अनेरास्ववियुका केन्द्रीय सचिव वासिम आलम राप्रविसका केन्द्रिय उप महासचिव सुरेश मिश्र अनेरास्ववियुका बिराटनगर सचिव नविन निरौला, युवा संघका प्रकाश पोखरेल तरूण दलका नेता निजाम खान , जफर एकवाल लगायतले आफ्नो धारणा राखेका थिए  ।

कार्यक्रममा “भारतीय विस्तारवाद मुर्दावाद” , नेपाली “हामी रहौला कहा नेपालै नरहे” , “हाम्रो सिमाना मिचिएको हो कि बेचिएको हो सरकार किन मौन ” जस्ता नारा लगाइएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर