images

राष्ट्र बैंकले एक अर्ब ६३ करोड ९४ लाख निक्षेप राख्दै

प्रकाशित |
messi

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।

राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकबाट  । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर