images

विराटनगरबाट यौनकर्मी प्रहरीको फन्दामा

प्रकाशित |
messi

विराटनगर । विराटनगरको बोर्डर क्षेत्रमा रहेको विभिन्न होटलहरु बाट यौन कर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
विराटनगर को जोगबनी बोर्डर नजिकै रहेको विभिन्न होटलमा विगत लामो समय देखि यौन कार्यमा संलग्न रहेको ५ जना भन्दा बढी यौनकर्मी र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
प्रहरीले रानी क्षेत्रमा यौन धन्दा भइरहेको भनी पाएको गोप्य सुचनाको आधार उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुले बताए । 
उनले नियन्त्रणमा लिएको सबैलाइ थप  अनुसन्धान गरि कारवाही अगाडि बढाइने बताए । खिउजुले नेपालमा कानुनी रुपमा बन्देज गरिएको कृयाकलापमा संलग्न भएकोले कानुन बमोजिम कारबाही हुने धारणा व्यक्त गरे ।    

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर