images

चीनविरुद्ध ठमेलमा प्रदर्शन : यस्तो छ रहस्य

प्रकाशित |
messi

काठमाडौं : सिमा अतिक्रमणलाई लिएर भारतविरुद्ध बढीरहेको नेपाली आक्रोश चीनतर्फ पनि पोखिन थालेको छ । चीनियाँहरुले सिमादेखि व्यवसायसम्ममा अवैध हर्कत देखाएपछि हिजो (बुधबार) बेलुकी पर्यटकीय नगरी ठमेल क्षेत्रमा ब्यापक प्रदर्शन भयो । 

यो प्रदर्शनको तारोमा ठमेल कब्जा गरि बसेका चीनियाँ व्यापारीहरु परेका छन् । चीनियाँ व्यवसायी आएपछि विस्थापनमा परेका, अवैध घरभाडा सम्झौता गरी फसेका र चीनियाँहरुका कारण दुःख पाएका व्यक्तिहरु सहभागी थिए । 

खासमा यो आन्दोलन सिमा मिचिएको भन्दा पनि चीनियाँहरुको चालाबाजीमा प्रतिष्पर्धा गर्न नसकेका तथा घरभाडामा फसेका ठमेलका घरधनीहरुको आक्रोश थियो । ठमेलका घरधनीहरुले निकै चर्को भाडा उठाएपनि सरकारलाई कम कर तिरिरहेका थिए । चीनियाँ ब्यापारीहरु यही मेसोमा ठमेल कब्जा गर्न चाहन्थे । कर छल्ने र मनोमानी भाडा उठाउने घरधनीहरुलाई चीनियाँहरुले घरबहाल सम्झौता कम मूल्य नै राखेर गर्ने, तर भाडा दोब्बरभन्दा बढी दिने भन्दै फकाए ।

राज्यलाई तिर्नुपर्ने केही हजार कर छल्न पल्केका ठमेलका घरधनीहरु चीनियाँहरुको हर्कतमा फसे । चीनियाँहरुले पहिलो महिना कबुल गरेअनुुसारको पुरै भाडा दिने, तर अर्को महिनादेखि घरबहाल सम्झौताको कागज देखाउँदै सोहीअनुुसार भाडा तिर्न थाले । कानूनी रुपमै फस्ने देखिएपछि ठमेलका घरबेटीहरु अहिलेसम्म मौन थिए । तर सिमा मिचिएको मेसोमा उनीहरुले चीन र चीनियाँ व्यापारीहरुविरुद्ध बिहिबार बेलुकी नाराबाजी समेत गर्न भ्याए । 

ठमेलमा चीनियाँहरुको हर्कत अहिले निकै चरमसीमामा पुगेको छ । नेपाली व्यवसायीहरुलाई विस्थापित गर्न अनेक अश्त्र अपनाईरहेका चीनियाँहरुले ठमेलको एउटा भागको नाम नै चाईना मार्केट राख्न नेपाल सरकारसँग माग गरेका थिए । तर सरकारले नेपालको भूभागमा चीनको नाम राख्न नमिल्ने र पर्यटकीय नगरीमा त त्यस्तो गर्नै नसकिने जवाफ दिएपछि अहिले उनीहरु जसरी पनि चीनियाँ नाम राख्न दुतावासमार्फत सरकारलाई दबाब दिईरहेका छन् ।नेपालपाना बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित खबर